ईश्वपुर नगरवासीहरुले नगरपालिकाको काम कारवाही प्रश्न चिन्ह उठाए, फारम नभरेका उम्मेदवार पास भए

   २२ असार २०८०, शुक्रबार २०:१६  

सर्लाही, २२ असार । सर्लाहीको ईश्वरपुर नगरपालिकामा आवेदन बिनानै एक जनाको नगर प्रहरी सहायक निरीक्षकलाई स्वास्थ्य परिक्षणमा उतिर्ण गरेको रहस्य बाहिरिएको छ ।
ईश्वरपुर नगरपालिकाले असार २० गते स्वास्थ्य परिक्षणको प्रकाशित गरेको सूचनामा सो तथ्य बाहिरीएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले स्वास्थ्य परिक्षामा उतिर्ण उम्मेदवारको नामावली विवरण भएको पत्रमा हस्ताक्षर गरेर आवेदन नदिएका तिलक बहादुर श्रेष्ठको नगर प्रहरी सहायक निरीक्षकमा नाम सार्वजनिक गरेको छ ।
नगर प्रहरी सहायक निरीक्षकको आवेदन फारममा ईश्वरपुर नगरपालिका वडा नं. ८ बस्ने रोहन कुमार चौधरी, वडा नं. १५ बस्ने विवेक चौधरी थारु र वडा नं. १० बस्ने निरन्जन कुमार चौधरी गरी ३ जनाले मात्र आवेदन दिएपनि स्वास्थ्य परिक्षणमा श्रेष्ठको पनि उतिर्णमा नाम आएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । नगरपालिकाले नगर प्रहरी करार सेवामा पदपुर्तीका लागि २०७९।८।९ गते सूचना प्रकाशित गरेको थियो र आवेदन पश्चात उम्मेदवारहरुको स्वास्थ्य परिक्षण असार १८ गते लिएको थियो । स्वास्थ्य परिक्षणमा श्रेष्ठ सहित रोहण कुमार चौधरी पनि उतिर्ण भएका थिए ।
श्रेष्ठले नगर प्रहरी सहायक निरीक्षकमा फारम समेत भरेका थिएन, तब पनि नगरपालिकाका कर्मचारीहरुको मिलोमतोमा परिक्षा नदिएको उम्मेदवारको नाम सार्वजनिक गर्दा नगरपालिकाको काम कारवाही प्रति प्रश्न चिन्ह नगरवासीले उठाएका छन् ।
ई्रश्वरपुर नगरपालिका भ्रष्टचारको नमुना भएको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति सुवर्ण घिमिरेले आरोप लगाए । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य र प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ र प्रशासकीय अधिकृत पुष्करमणी घिमिरेको मिलोमतोमा नगरपालिकामा चरम भ्रष्टाचार भईरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति घिमिरेले आरोप लगाए ।
नगर प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा उतिर्ण श्रेष्ठको आवेदन नगर प्रहरी पदको दर्ता नं. ६३ मा मात्र भएको तर प्रहरी सहायक निरीक्षक पदमा उतिर्ण गर्नु भनेको कर्मचारी तथा नगर प्रमुखको आचार्यको मिलोमतोमा कमिशन उठाउने धन्दा मात्र भएको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति घिमिरेको आरोप छ ।
घिमिरेले ईश्वरपुरको भ्रष्टाचार विरुद्ध सोसल मिडियामा पोष्ट आउन थालेपछी श्रेष्ठ सँग नगरपालिकाका कर्मचारीहरुले पुरानै मितिमा आवेदन फारम लिएको आरोप समेत लगाए ।
नगर सभापति घिमिरेले सोसल मिडिया मार्फत आज ईश्वरपुर नगरपालिकाले प्रकाशन गरेको नगर प्रहरीको परिक्षाफलमा देखिएको गाईजात्रा कस्तो भयो भने लिस्टमा नाम नै नभएको उममेदवारलाई सफल उममेदवारको सूचीमा राखेको कुरा अच्चम लागेको टिप्पणी समेत गरे । यस्तो सम गर्नेलाई हदैसम्मको कार्वाही हुनुपर्ने घिमिरे माग समेत गरेको छ।
स्वास्थ्य परिक्षण नतिजा प्रकाशन सम्बन्धी सूचनामा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठको हस्ताक्षर भए पनि यस बिषयमा बुझदाँ आफुलाई केही पनि जानकारी नभएको बताए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफु पत्रमा हस्ताक्षर गरेर छोराको उपचारमा गएको हुदाँ आफुलाई यस बिषयमा जानकारी नभएको तथा यो बिषयमा बुझन पुष्करमणी घिमिरे संग सम्पर्क गर्नुस जवाफ दिए ।
सार्वजनिक भएको सूचना अधिकारिक नभएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै