रौतहटको विभिन्न स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरु संचालनमा आउन थाले

673 Shares

संजय मिश्र

रौतहट, २० असोज । बिश्वब्यापी कोरोना महामारीको कारण लामो समय देखि बन्द रहेको सामुदायिक बिद्यालयहरु धमाधम संचालनमा आउन थालेको छ ।
जिल्लाको फतुवा बिजयपुर र गरुडा नगरक्षेत्र अन्तरगतको सबै सामुदायिक बिद्यालय असोज २२ गते देखि संचालन हुने भएको हो । शिक्षा मन्त्रालयको निर्देशन अनुसार अनलाइन शिक्षण क्रियाकलाप तथा बैकल्पिक शिक्षण विधि प्रभावकारी नभएको भन्दै मंगलबार बसेको बैठकमा निर्णय बमोजिम अगामी २२ गते बिहीबार देखि सामुदायिक बिद्यालय संचालन हुने फतुवा बिजयपुरका नगर शिक्षा संयोजक बुनिलाल यादवले बताए ।
विगतको तुलनामा अहिलेको वातावरण केही सहज भएपनि कोरोनाको जोखिम यथावतै रहेकाले सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार फतुवा बिजयपुर नगरपालिका अन्तर्गतका सामुदायिक सिकाई केन्द्रको रुपमा प्रयोग गरिने छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम सामाजिक भौतिक दुरी कायम राखेर स्वास्थ मापदण्ड अनुसार प्रती कक्षा कोठामा २० जना विद्यार्थी राख्ने र मास्क सेनिटाईजर अनिवार्य प्रयोग गरिने फतुवा बिजयपुरका मेयर गोपाल प्रसाद यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
फतुवाका साथै गरुडा नगरक्षेत्र अन्तरगतका सामुदायिक बिद्यालयहरु २२ गतेदेखि संचालन हुने सूचना सार्वजनिक गरिएको छ । १८ स्थानीय तह मध्ये यस अघि चन्द्रपुर र गौर नगरपालिकामा रहेकोे सबै सामुदायिक बिद्यालयहरु संचालनमा आइसकेको जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका प्रमुख रामबिनय कुमार सिंहले जानकारी दिए ।

सामुदायिक विद्यालयले चर्को शुल्क लिइरहेको गुनासो

रौतहटको सदरमुकाम गौरमा रहेका सामुदायिक विद्यालयहरु गत सोमवार देखि संचालनमा आएको छ । गौर नगरपािलका स्थित मुलुककै चौथो विद्यालयको रुपमा रहेका जुद्ध माध्यामिक विद्यालयले चर्काे शुल्क लिएको भन्दै विवादमा तानिएको छ ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजीम आवश्यक भौतिक दूरी कायम गरी विद्यालयहरु खुलाउनु पर्ने मापदण्ड अनुसार नै बिद्यालय खुलेपनि अन्य बिद्यालयबाट भर्ना हुन आएका बिद्यार्थीहरुसंग चर्को शुल्क असुल्ने काम गरेको भन्दै आलोचना शुरु भएको छ ।
हिजो देखि संचालनमा आएको विद्यालय पहिलो दिन नै गौर स्थित निम्न माध्यमिक विद्यालय बालमन्दिरबाट कक्षा आठ उतिर्ण गरी एक नयाँ विद्यार्थी भर्ना गराउन जादा विद्यालय प्रशासनले उनीबाट नयाँ पुस्तक, टाई बेल्ट, आईडेन्टी कार्ड र मासिक शुल्क जस्ता अन्य गरी २७२० रकम लिएको पाइएको छ । अहिले जुद्ध माविमा गौर अन्य विद्यालयबाट नयाँ भर्ना हुन आउने बिद्यार्थीहरुको संख्या धेरै रहेको बताइएको छ ।

सामुदायिक विद्यालयमा यती धेरै पैसा असुलेपछि बिद्यार्थीले प्रश्न गर्दा सोही बिद्यालयका राकेश गुप्ता सरलाई सोध्नु भन्ने जवाफ लेखा फाटका कर्मचारीले दिने गरेको ति बिद्यार्थीले गुनासो गरे । आफुले नया पुस्तकको पैसा तिरेको तर पुरानो पुस्तक पाएपछि बिद्यार्थीले नया पुस्तकको माग गर्दा पुरानो र नयामा हुने अध्ययन सामग्री एउटै हो । नया आएको छैन, आएपछि दिउला भन्ने जवाफ पाएको बिद्यार्थीले दुखेसो पोखेका छन । देशकै जेठो एवं गुणस्तरिय शिक्षाको लागि ख्याती पाएका जुद्ध माविको उक्त क्रियाकलापबाट चौतर्फी आलोचना हुनु स्वभाविकै रहेको एक अभिभावकले बताए ।
जुद्ध माविमा अंग्रेजी र नेपाली माध्याममा अध्यापन हुने र अंग्रजी माध्यामबाट अध्ययन गर्न बिद्यालयको नियमानुसार मासिक शुल्क लगायतका अन्य शुल्कहरु असुल्ने गरेकाले सोको शुल्क बिद्यालयले लिएको हुन सक्ने तर पाठ्यपुस्तकको कुनै शुल्क नलाग्ने गौर नगरपालिाका नगर प्रमुख अजय कुमार गुप्ताले प्रतिक्रिया दिए ।
कोरोना संकटबाट लामो समयपछि बिद्यालय खुलेपनि ब्यापारीको पसल खुले झै रकम असुल्न थालेपछि स्थानिय अभिभावकहरुले आक्रोस पोख्न थालेका छन । सामुदायिक बिद्यालयहरुमा नेपाल सरकारले माध्यामिक तहसम्म निशुल्क शिक्षाको ब्यबस्था गर्दै आएको बताउदै आएको भएतापनि खुल्याम रुपमा विभिन्न वाहनामा अभिभावकहरुबाट चर्काे शुल्क उठाउदा समेत स्थानिय निकाहरुले त्यसतर्फ ध्यान नदिनुले मिलोमत्तोमा नै बिद्यालयले अभिभावकहरु ठगिदै आएको आरोप अभिभावकहरुको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार