zoom app download free windows 10 64 bit airpods mic not working on zoom pc zoom meeting join a meeting online free - zoom meeting join a meeting online free link to download zoom on laptop zoom meeting download windows 10 pc 64 bits - zoom meeting download windows 10 pc 64 bits zoom cloud meeting app download pc windows 10 why isn't my zoom audio working on my laptop join a zoom meeting login - join a zoom meeting login

गरुडा नगरपालिकामा चार राजनितिक दलले संयुक्त रुपमा ज्ञापन पत्र बुझाए

   १५ असार २०७८, मंगलवार १५:५०  

गरुडा संवाददाता
गरुडा, १५ असार । प्रतिपक्षमा रहेका चार राजनितिक दलका नेता एवं कार्यकर्ताहरुले तिन सुत्रिय माग राख्दै मंगलवार रौतहटको गरुडा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवनेपाल पक्ष र जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्षद्धारा संयुक्त रुपमा आज गरुडा नगरपालिकामा ज्ञापन पत्र बुझाएको हो । गरुडा नगरपालिकाको भवन बनाउन वडा नम्वर ४ स्थित किता नम्वर १३६ मा रहेको १७ कत्ठा जग्गामा बनाउनको लागि माटोको स्वाल परिक्षण समेत भईसक्दा त्यही बनाउनु पर्ने, चालु आर्थिक बर्ष २०७७÷२०७८ सालमा भएको सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्नुपर्ने उक्त ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।

 


वडा नम्वर २ गेडहीगुठीका वडाध्यक्ष विसुनदेव सहनी र वडा नम्वर ७ का वडाध्यक्ष रामइश्वर राय यादवको निधन भएकोमा क्रमश शैलेन्द्र यादव र रामसुन्दर प्रसादको नाम कार्यवाहक वडाध्यक्षमा सिफारिस भएको हुँदा सोही अनुरुप कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । ज्ञापन पत्र मार्फत तिन सुत्रिय मागलाई कार्यान्वयन तत्कालै गर्नुपर्ने अन्यथा राजनितिक दल, नागरिक समाज, व्यापारी, समाजसेवीहरु बाध्य भई कडा कदम उठाउन विवश हुने उल्लेख गरिएको छ ।
चार राजनितिक दल संगै व्यापारी, समाजसेवीहरुले आज गरुडा नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद मुस्ताक आलमलाई र मेयरको अनुपस्थितिमा उप मेयर रंगिला देवी जयसवाललाई ज्ञापन पत्र बुझाएको नेपाली काँग्रेसको नेता कृष्णा चौधरीले बताए ।
ज्ञापन पत्र बुझाउनमा नेपाली काँग्रेसको सुनिलकुमार यादव, एमाले माधव समुहको शेख कलिम्मुलाह, नेकपा माओवादी केन्द्रको विपिन जयसवाल र जसपा उपेन्द्र समुहको कन्थमुनि प्रसाद जयसवाल सहितका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।
उपमेयर रंगीलादेवी जयसवालले चार राजनितिक दलका नेता एवं कार्यकर्ताहरुद्धारा नगरपालिकामा भईरहेको गतिविधिलाई समेटेर ज्ञापन पत्र बुझाएको स्वीकार्दै जनताको पायक पर्ने कार्यालय भवन अन्यत्र लग्दा सेवाग्रहीहरुलाई समस्या पर्ने हुँदा उहाँहरु गम्भीर भएर हाम्रो ध्यानाकर्षण गराउनु भएकोमा धन्यवाद दिए । चालु आर्थिक बर्षमा भएका आर्थिक गतिविधिहरु वारे आफू पनि अनिभिज्ञ रहेको तथा दुई जना वडाध्यक्षहरु स्वर्गवास हुँदा सदस्यहरु मध्येबाट छनौट भएको व्यक्तिको नाम सिफारिस भएर आएकोलाई कार्यान्वयन गराउने अधिकार मेयर संग रहेको हुँदा आफूबाट हुने पहल गर्ने स्पष्ट पारिन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै