सर्लाही, २४ असार । सर्लाहीको पर्सा गाउँपालिका स्थित बाँक खोलाको खाल्डोमा दुई बालकको शव फेला परेको छ ।
पर्सा गाउँपालिका वडा नम्वर ४ का नागेन्द्र महतोको १२ बर्षिय प्रिन्स महतो र १० बर्षिय नागेन्द्र महतोको मृत अवस्थामा शव गाउँ भन्दा ५ सय मिटर पश्चिममा रहेको बाँके खोलामा तटबन्धको लागि खनिएको खाल्डोमा फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
शनिवार अपरान्ह् ५ बजेको समयमा महतो दाजुभाई घरमा कसैलाई जानकारी नगराई हिडेको र घर फर्केर नआएपछि आफन्तहरुले खोतलास गर्ने क्रममा राति ११.५० बजेको सयमा बाँके खोलामा बनाउन लागिएको तटबन्धको खाल्डामा दुबै दाजुभाईको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बताए ।
दुबै बालकलाई प्रादेशिक अस्पताल मलंगवामा लगिदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिदै डिएसपी थारुले महतो दाजुभाई बालक कसरी डुब्यो या कसैले षड्यन्त्रपूर्वक घटना घटाएको सम्बन्धमा गहन छानविन एवं अनुसन्धान सुरु गरिएको उनले स्पष्ट पारे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट