ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं, २४ असार । बहुँचर्चित बालुवाटारको ‘ललिता निवास’ को सरकारी जग्गा हिनामिना आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जना ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको छ ।
अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताएको हो ।
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए । पूर्वमन्त्री जगत बोगटी ‘टिकिन्छा गुठी’ खडा गरेको आरोपमा सीआईबीको छानबिनमा पूर्वमन्त्री जगत बोगटी ‘टिकिन्छा गुठी’ खडा गरेको आरोपमा सीआईबीले छानविन गरिहेको छ ।
गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए ।
त्यस्तै, तत्कालीन नापी कार्यालयमा कार्यरत (नापी सर्वेक्षक) घमान कुमार कार्की, ‘नक्कली मोही’ बाबुराजा महर्जन र पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।