श्रीलंकाले भन्यो– हामीलाई भारतले रक्तपातबाट हुनबाट जोगायोः संकटको समयमा भारतको साथ र सहयोगलाई कहिल्यै विर्षिदैनौं

कोलम्बो, एजेन्सी । श्रीलंकाको संसदका सभामुख महिन्द्रा यापा अभयवर्धनले भारतप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएका छन् ।
उनले भने, ‘भारत एक असल र भरपर्दो मित्र राष्ट्र हो र गत वर्ष आर्थिक संकटका बेला उसले हाम्रो सुरक्षा गर्यो । भारत नभएको भए सायद फेरि देशमा रक्तपातको माहौल हुने थियो । श्रीलंकाका सभामुख दुई दिनअघि इन्डियन ट्राभल कंग्रेसको प्रतिनिधिमण्डलका लागि गला डिनरमा यस्तो बताएका हुन् ।
सभामुख अभयवर्धनले भने– श्रीलंका र भारतबीच गहिरो मित्रता छ । भारत सधैं हाम्रो सबैभन्दा विश्वसनीय साझेदार भएको छ । दुई देशबीच संस्कृति, राष्ट्रिय, सामाजिक र नीतिगत हिसाबले धेरै समानता छ । मैले सुनेको छु कि भारत हाम्रो ऋण १२ वर्षको लागि लम्ब्याउन (पुनर्संरचना) तयार गरेको छ । हामीले यो कहिल्यै आशा गरेका थिएनौं र आजसम्म कुनै पनि देशले हामीलाई यति धेरै सहयोग गरेको थिएनन् ।
सभामुखले भने– सहयोगका लागि भारत र प्रधानमन्त्री मोदीप्रति आभारी छु
त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुखले भने–श्रीलंकामा रहेका भारतीय राजदूत गोपाल बागले हाम्रा विशेष साथी हुन् । हामी उहाँलाई धेरै माया र सम्मान गर्छौं । भारत सधैं हामीलाई सहयोग गर्न अगाडि आएको छ । गत वर्ष आर्थिक संकटका बेला भारतले हामीलाई आर्थिक सहयोग ग¥यो, जसले हामीलाई ६ महिना देश चलाउन सहज भएको थियो । यसका लागि हामी भारत र प्रधानमन्त्री मोदीप्रति आभारी छौं ।
राष्ट्रपतिले भने– श्रीलंकालाई भारतविरुद्ध प्रयोग गरिने छैन
केही दिनअघि श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो देशलाई भारत विरुद्ध प्रयोग गर्न नसकिने बताएका थिए । बेलायत र फ्रान्स भ्रमणमा जानुअघि रनिलले भनेका थिए– ‘चीनसँग कहिले पनि सैन्य सम्झौता गर्दैनौं भन्नेमा कसैले शंका गर्नुहुँदैन ।
चीन र श्रीलंकाबीचको सम्बन्ध बलियो छ, तर हामी यो पनि स्पष्ट गर्न चाहन्छौं कि चीनको हाम्रो देशमा कुनै सैन्य आधार छैन र कहिल्यै हुनेछैन । हामी तटस्थ देश हौं ।
गत वर्ष ४ अर्ब डलर सहयोग थियो
गत वर्ष श्रीलंकाले इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गर्यो । त्यसपछि भारतले श्रीलंकालाई ४ अर्ब डलरभन्दा बढीको आर्थिक सहयोग गरेको थियो । श्रीलंकाका विदेशमन्त्री अली साबरीले यस सहयोगका लागि भारतलाई धन्यवाद दिएका छन् । साबरीले भारतको सहयोगले मात्र श्रीलंकाले केही हदसम्म आर्थिक सन्तुलन हासिल गर्न सफल भएको बताए ।
कर कटौती गर्ने निर्णय भारी थियो २०१९ मा, तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले कर कटौतीको लोकप्रिय बाजी खेले, तर यसले श्रीलंकाको अर्थतन्त्रलाई नोक्सान पुर्यायो । एक अनुमान अनुसार, यसले श्रीलंकाको कर आम्दानी ३०% सम्म घटाएको छ, अर्थात् सरकारी खजाना खाली हुन थाल्यो ।
सन् १९९० मा श्रीलंकाको जीडीपीमा कर आम्दानीको हिस्सा २० प्रतिशत थियो, जुन २०२० मा १० प्रतिशतमा झरेको छ । राजपक्षेको कर कटौती गर्ने निर्णयले सन् २०१९ को तुलनामा २०२० मा कर संकलनमा तीव्र गिरावट आएको छ । दैनिक भाष्कर ।