रौतहट, २५ असार । गरिव, असहाय, निमुखा जनताहरुलाई सहज एवं सरल तरिकाबाट समयमै न्याय कसरी पाउन सकिन्छ भने उद्देश्यबाट अन्तरसंवाद कार्यक्रम रौतहट सदरमुकाम गौरमा सोमवार आयोजना गरियो ।
सदरमुकाम गौरमा समुदायमा मुख्य न्यायाधिवक्ता अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर गरिव, असहाय एवं निमुखा जनताहरुलाई सहज एवं सरल ढंगबाट समयमै न्याय दिलाउने सम्बन्धमा कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल बार एशोसियशन गौरको सभाहल आयोजित संवाद कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा मधेश प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयले प्रदेश भरिका हरेक जिल्लामा १–१ जना प्रदेश कानून अधिकृत नियुक्त गरेर गरिव, असहाय, निमुखा तथा असमर्थ नागरिकलाई निःशुल्क रुपमा पैरवी गर्दै आएको मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले भने ।
प्रदान गरिने कानूनी राय सल्लाह, अड्डा अदालतमा गरिने बहस पैरबी, लेखापढी वा कानूनी कारबाहीका सम्बन्धमा उपलब्ध गराउने विभिन्न प्रकारका सेवा सुविधा बारेमा जानकारी गराए ।
कानूनी सहायता अधिकृतले असहाय एवं अशक्त सेवाग्राहीको बहस पैरबी गर्ने, लिखत तयार पार्ने, परामर्श सेवा प्रदान गर्ने र कारगारमा रहेका थुनुवा वा बन्दीलाई कानूनी सेवा प्रदान गर्ने लगायत सेवा सुविधा निःशुल्क प्रदान गर्ने मुख्य न्यायाधिवक्ता ठाकुरले दाबी गरे ।
जिल्ला न्यायाधिश मातृका प्रसाद मरासनी, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला समन्वय समितिका सभापति, मौलापुर नगरपालिकाको नगरप्रमुख इन्दुकुमारी साह, पुनरावेदन अदालतका पूर्व न्यायाधिश सबिर हुसेन, प्रहरी उपरिक्षक विरबहादर बुढामगर, श्रेष्तेदार शुशिल यादव, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा बार एशोसिएशनका अध्यक्ष सहित जिल्लाका कानुनव्यवसायीहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा उक्त अन्तरसम्बाद भएको कानुन अधिकृत रतिशचन्द्र झाले जानकारी दिए ।