कटहरिया नगरपालिकाको नगरप्रमुखमा नरजहा खातुनको पदभार ग्रहण

   १५ असार २०७८, मंगलवार १६:२०  

कटहरिया संवाददाता
कटहरिया (रौतहट), १५ असार । निर्वाचन आयोगको पत्रको आधारमा पदमुक्त भएपछि रौतहटको कटहरिया नगरपालिकाको प्रमुख पदमा उपमेयर नुरजहा खातुन कार्यबाहक नगर प्रमुखको पदभार मंगलवार ग्रहण गरेको छ ।
नेकपा माओवादी केन्द्रको टिकटबाट विजयी भएपनि नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले पत्र मार्फत एमालेमा गएकाहरुको साधारण सदस्यता खारेज भएको तथा पद पनि सोही अनुरुप खारेज हुनुपर्ने पठाउदा निर्वाचन आयोगबाट सार्वजनिक रुपमा सुचना प्रकाशित गराएर रौतहटको कटहरिया र मौलापुर नगरपालिका सहित १४ जना जनप्रतिनिधि को पद समाप्त भएका थिए । उक्त पत्रको आधारमा कटहरिया नगरपालिकाको उपप्रमुख खातुनले आज कार्यवाहक नगरप्रमुखको पदभार ग्रहण गरेको हो ।
उपप्रमुख नुरजहा खातुनलाई जिल्ला समन्वय समितिको प्रमुख रामएकवाल यादवले पदभार ग्रहण गराउदै जनमुखी एवं पादर्शी रुपमा जनताको काम गर्न आग्रह गरे । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग गराइ दिएपछि कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुस्वाहा एमाले प्रवेश गरेका थिए ।
अन्य नगरपालिकाका कारवाहीमा परेर रिक्त भएका प्रमुख तथा उपप्रमुखहरुको पद भने अझै रिक्त अवस्थामा नै रहेको छ । पद रिक्त गरिएका रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिना कुमारी साह, कटहरियाका नगर प्रमुख सियाराम कुशवाहा, देवाही गोनाहीका उप्रमुख परनिया देवी, मैलापुरका उपप्रमुख गौरिशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरका उपप्रमुख कान्ति देवी, माधवनारायणका उपप्रमुख सिमल कुमारी साह र यमुनामाई गाउपालिकाका उपाध्यक्ष गितादेवी साह माओवादी दल त्याग गरी एमाले प्रवेश गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै