विश्वको सबैभन्दा शक्तिशाली सेनाको सुचीमा भारत चौथो स्थानमा
तराई टप
२६ असार २०८०, मंगलवार ०९:५७

नयाँ दिल्ली, एजेन्सी । विश्वको शक्तिशाली सेनाको सूची मध्ये भारतीय सेना विश्वको चौथो शक्तिशाली सेना रहेको एक अनुसन्धानले देखाएको छ ।
डिफेन्स डाटा एग्रीगेटर ग्लोबल फायरपावरको २०२३ इन्डेक्सका अनुसार भारतसँग विश्वको चौथो सबैभन्दा शक्तिशाली सेना अनुसन्धानमा देखाएको हो ।
उक्त सुचीमा अमेरिका शीर्ष स्थानमा छ, भने रुस र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् त्यसपछि भारत चौथो शक्तिशाली सेनाको रुपमा रहेको बताइएको छ । उक्त रिपोर्टका अनुसार बेलायत, दक्षिण कोरिया, पाकिस्तान, जापान, फ्रान्स र इटाली पनि सूचीको शीर्ष १० देशहरूमा परेका छन् । श्रोत हिन्दुस्तान टाइम्स ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै