भारत रक्षा क्षेत्रमा फड्को मार्दै, फ्रान्सबाट २६ राफेल र पनडुब्बी किन्ने

68 Shares
पेरिस, एजेन्सी । विगत केही बर्ष यता भारत रक्षाको क्षेत्रमा निकै फड्को मार्दै शक्तिशाली राष्ट्रको सूचीमा अघि बढ्दै गएको छ ।
भारतलाई सामरिक शक्ति सम्पन्न बनाउन फ्रान्सबाट २६ वटा राफेद जेट विमान र ३ स्कर्पेन पनडुब्बी किन्ने तर्फ अग्रसर भईरहेको समाचार श्रोतले बतायो ।
भारतले फ्रान्सबाट २६ राफेल सामुद्रिक लडाकु विमान र तीन स्कोर्पेन क्लासको परम्परागत पनडुब्बी किन्न योजना बनाएको रिपोर्टले जनाएको छ ।
प्रस्तावहरू रक्षा बलहरूले रक्षा मन्त्रालयमा राखेका छन् र यसै हप्ता प्रधानमन्त्री नरेन्द्र मोदीको फ्रान्स भ्रमणको क्रममा घोषणा हुने सम्भावना बढि रहेको छ । सम्झौताहरू ९०,००० करोड रुपैयाँभन्दा बढीको अनुमान गरिएको छ । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार