मनाङ्ग एयरको हेलिकप्टर दुर्घटना, ५ जनाको शव बरामद

60 Shares

रौतहट, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ्ग एयरको हेलिकप्टर मंगलवार विहान दुर्घटना भएका छन् ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेका हुन् ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्धारका लागि पुगिसकेका छन् ।
हेलिकप्टरमा सबार यात्रुहरु सबै विदेशी नागरिक रहेको तिवारीले जानकारी दिए । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।
लाम्जुरापास क्षेत्रको लिखु पिके गाउँपालिका–५ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतलाई उढृत गर्दै विभिन्न अनलाइनमा खवर प्रमुखताका साथ छापिएको छन् ।

त्रिभुवन विमान स्थलले जारी गरेको हेलिकप्टरमा सबार पाइलट र यात्रुको नामावली ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार