मलाई राजनीतिबाट हटाउन खोज्दैछन्ः पूर्व पाक प्रधानमन्त्री इमरान खान

67 Shares

इस्लामबाद । पाकिस्तानका पूर्व मुख्यमन्त्री इमरान खानकाे समस्या अझै कम हुन सकेको छैन ।

हिजाे इमरान खान १२ आपराधिक मुद्दामा आफ्नो बयान रेकर्ड गर्न दुई अनुसन्धान टोलीसामु हाजिर भएका थिए । खान विरुद्ध पाकिस्तान दण्ड संहिता र आतंकवाद विरोधी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उनी साेही मुद्दामा जवाफ दिन अनुसन्धान टाेली सामु हाजिर भएका हुन ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार इमरान खानले सोमबार वरिष्ठ प्रहरी उपरीक्षक यासिर अफ्रिदी र प्रहरी उपरीक्षक रुखसार मेहदीको नेतृत्वमा रहेको दुई अनुसन्धान टोलीसामु आफ्नो बयान रेकर्ड गराएका छन् । यस क्रममा उनलाई २५ वटा प्रश्न सोधिएको थियो । यसमा खानले पाकिस्तान र राष्ट्रिय संस्थाहरूप्रति मेरो कुनै घृणा छैन भनेका छन । ‘म पाकिस्तानी जनता, पाकिस्तानी सेना, पाकिस्तानी शहीद, गाजी र शहीदहरूको स्मारकलाई हृदयदेखि सम्मान गर्दछु,’ उनले बयानमा भनेका छन् । गत मे ९ को घटनाको निन्दा गर्दै इमरानले साे घटनासँग मेरो र मेरो पार्टीका कार्यकर्ताको कुनै सम्बन्ध नभएको बताए । याे उनीविरुद्ध रचिएकाे षड्यन्त्र मात्रै हाे ।

इमरान खानले अगाडी भने, ‘मे ९ को घटनाको जिम्मेवारी म कहिल्यै लिने छैन किनभने मेरो विरुद्ध षड्यन्त्र रचिएको थियो । कानून प्रवर्तन एजेन्सीहरूले मेरो विरुद्ध षड्यन्त्र रचेका थिए। सरकारले मलाई र मेरो पार्टीलाई कानुनको घेरामा हाल्न खोजेको छ ।’

उनले मे ९ का घटनाहरूमा पीटीआई कार्यकर्ताहरू संलग्न थिए भन्ने कुरामा सहमत हुन नसकेकाे पनि जनाएका छन । किनकि ती घटनाहरूसँग सम्बन्धित षड्यन्त्रका प्रमाणहरू अापफुसँग रहेका छन् भन्दै जवाफ दिइएकाे उल्लेख गरिएकाे छ । अापफुलाइ राजनीतिबाट हटाउनका लागि ती सबै षडयन्त्र गरिएकाे खानले जिकिर गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।