सर्वोच्चद्धारा कामकाज गर्न दिने अन्तरिम आदेश जारी, पदभार ग्रहण गरेको २ घण्टा नवित्दै कार्यवाहक पद चट

   १५ असार २०७८, मंगलवार १८:१३  

तराई टप संवाददाता
काठमाडौं, १५ असार । पद खारेजी विरुद्ध निर्वाचन आयोगको निर्णयलाई चुनौती दिदै सर्बोच्च अदालतमा दर्ता गरिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालतले सदर गर्दै कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल परित्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिका को मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन सर्वोच्चले मंगलवार अन्तरिम आदेश दिएका छन् ।
यसैविच पद रिक्त भएको भन्दै उपमेयर नुरजहाँ खाँतुनले आज एक कार्यक्रमको विच कार्यवाहक नगर प्रमुखको पदभार ग्रहण गरेको दुई घण्टा नवित्दै सर्वोच्चले दिएको निर्णयबाट उपमेयर पक्षधरहरुमा खैलावैला मचेको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै