सीता दाहालको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा समवेदना व्यक्त

57 Shares

नयाँ दिल्ली, ट्विटर । प्रधानमन्त्री पुष्पकमल दाहालको श्रीमती सीता दाहालको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गर्दै हार्दिक समवेदना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरको मार्फत नेपाली भाषामै भारतीय प्रधानमन्त्री मोदीले सीता दाहालको निधनले आफू मर्माहत भएको बताएका हुन् ।
प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डप्रति समवेदना व्यक्त गर्दै दिवंगत सीता दाहालको आत्माको चीरशान्तिको कामना गरे ।
नेकपा (माओवादी केन्द्र) की सल्लाहकार समेत रहेकी सीताको बुधबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनको आजै अन्त्येष्टी गरिनेछ ।
उनी लामो समयदेखि वशांणुगत पार्किन्सन जस्तो रोगबाट ग्रसित भएपनि उनको हृदयघात भई मृत्युबरण हुनु परेकी थिइन ।

 

सम्बन्धित समाचार