अन्तरविश्वास संवाद भयोः मुस्लिम विश्व लिग प्रमुखसंग प्रधानमन्त्री मोदीको ट्विट
तराई टप
२८ असार २०८०, बिहीबार ०९:५६

नयाँ दिल्ली, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्लिम विश्व लीगका महासचिव शेख मोहम्मद बिन अब्दुलकरिम अल–इसासँगको भर्खरैको भेटमा प्रतिक्रिया व्यक्त गर्दै आफूलाई भेट्न पाउँदा खुसी लागेको बताए ।
“हामीले अन्तर–विश्वास संवादलाई अगाडि बढाउने छौं र चरमपन्थी विचारधाराहरूको प्रतिरोध गर्न विचारको ठूलो आदान प्रदान गर्यौं,” प्रधानमन्त्री मोदीले ट्वीटको माध्यमबाट जानकारी गराए । प्रधानमन्त्री मोदीसँग “समावेशी विकासको लागि भावुक परिप्रेक्ष्य” छ, अल–इसाले लेखे । एएनआई ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै