१० लाख भन्दा बढीले जमिनको लागी लागत फारम भरे — आयोग अध्यक्ष ज्ञावली

   १६ असार २०७८, बुधबार ०९:२८  

रमेश तिमलसिना
रौतहट ः भुमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञावलीले हाल सम्म देशभर १० लाख भन्दा बढी नागरिकले जमिन प्राप्ती र भुमी ब्यबस्थापनको लागी लागत फारम भरेको जानकारी दिएका छन । मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित भुमी सम्बन्धी समस्या समाधान बिषयक एक दिवसिय अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञावलीले यस्तो बताएका हुन । आयोगले भुमिहिन दलित र भुमिहिन सुकुम्बासीको दिगो रुपमा समस्याको समाधानको लागी काम गरिहेको हुदा आफु र आफनो टिम पार्टी भन्दा माथि रहेर काम गरिरहेको अध्यक्ष ज्ञावलीले बताएका छन । हाल सम्म करिब १० लाख भन्दा बढी नागरिकले जमिन प्राप्तीका लागत फारम भरेको जानकारी दिदै अध्यक्ष ज्ञवालीले देशभर करिब २० देखी २१ लाख अबदेन पर्न सक्ने बताएका छन । भुमीको समस्या समाधान गर्ने बिषय जटिल भएको र जटिल कार्यलाइ सहजतापुर्वक समस्या समाधान गरेर अघि बढने उनले बताए । २०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपि कोइरालाले बिर्ता उल्मुलन ऐन ल्याएकै कारण २०१७ सालमा सरकार ढलेको स्मरण गदै अध्यक्ष ज्ञवालीले भने ‘ जस्तो सुकै समस्या आए पनि यो आयोगले यसपटक भुमीहिनहरुको ब्यबस्थापन गरेर नै छाडने छ’ ।
सुकुम्बासीहरुको पहिचान र समस्याको समाधान खासगरी स्थानिय तहहरुबाट नै हुने हुदा यो अमुल्य अबसरलाइ नगुमाउन पनि अध्यक्ष ज्ञवालीले स्थानिय तहका प्रमुखहरुलाइ आग्रह गरेका छन । सुकुम्बासी तथा अब्यबस्थीत जमिनहरुको लगत उठाउने मुख्य जिम्मा नै स्थानिय सरकारको भएकोले चाडो भन्दा चाडो लगत संकलन गर्न उनले स्थानिय सरकार प्रमुखहरुलाइ आग्रह गरेका छन । रौतहटमा चन्द्रपुर नगरपालिकाले मात्रै लगत संकलन कार्य सम्पन्न गरेको छ । बिकाश भनेको भौतिक पुर्वाधारको मात्रै नभएर अब्यबस्थीत बसोबासलाइ ब्यबस्थीत गर्नु पनि भएको बताउदै अध्यक्ष ज्ञवालीले यो अबसरलाइ नगुमाउन नगर प्रमुखहरु संग उनको आग्रह रहेको थियो । अदालतका करिब ६७ प्रतिशत मुद्दा जमिन कै भएको हुदा यदी भुमीलाइ ब्यबस्थीत गर्ने हो भने यस्ता घटनाहरु न्युनिकरण हुने उनको धारणा रहेको थियो । रौतहटको चन्द्रपुर नगरपालिकाले मात्रै लगत संकलन सम्पन्न गरेको र अन्य १७ वटा स्थानिय तहहरु संग पनि काम गर्न सम्झौता भएको तर लगत संकलन कार्य नभएको आयोगका रौतहट अध्यक्ष उद्धब रेग्मीले जानकारी दिएका छन । उक्त कार्यक्रममा रौतहटको बृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादब,गढीमाइ नगरपालिकाका प्रमुख श्याम यादब,प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादब,गुजरा नगरपालिकाका प्रमुख शन्तलाल चौधरी,प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल,चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान,गरुडाका प्रमुख तथा प्रशासकिय अधिकृत लगायत ९ वटा नगरपालिकाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम आयोगका रौतहट अध्यक्ष उद्धब रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै