भिक्षुहरूलाई दलाई लामासँग सम्बन्ध तोड्न बाध्य पारिरहेको छ चीनः रिपोर्ट

68 Shares
नयाँ दिल्ली, एएनआई । दलाई लामा संग सम्बन्ध राख्ने बौद्ध भिक्षुहरुलाई सम्बन्ध तोड्न चीनले दवाव सृजना गरिरहेको गम्भीर आरोप लागेको छ ।
समाचार श्रोतका अनुसार चिनियाँ अधिकारीहरूले तिब्बतमा रहेका मठ र भिक्षुहरू बनाएर आध्यात्मिक नेता दलाई लामा सँगको सम्बन्ध तोड्न बाध्यात्मक अवस्था सृजना गरेको हो ।
रेडियो फ्री एशिया (आरएफए) का अनुसार यस महिनाको सुरुमा, चिनियाँ अधिकारीहरूले सुरक्षा कायम गर्ने बहानामा शेन्सा र सोक गुम्बाहरूको खोजी गरे, निर्वासनमा बस्ने एक तिब्बतीले आरएफएलाई बताए । चीनले दलाई लामालाई तिब्बतको स्वतन्त्रता चाहने पृथकतावादीको रूपमा हेरिरहेको हुँदा दलाई लामा संगको सम्बन्ध तोड्न तिब्बतमा रहेका भिक्षुहरलाई बाध्य पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार