वागमती र लाल बकैया खतराको निशान भन्दा उच्च विन्दुमा, तटिय क्षेत्रका बासिन्दाहरु सचेत रहन प्रशासनको आग्रह

   १६ असार २०७८, बुधबार १०:०१  

प्रभातकुमार झा
रौतहट, १६ असार । निरन्तर रुपमा भईरहेको बर्षाको कारण वागमती र लाल बकैया नदी खतराको निशान भन्दा माथि पानीको वहाव पुगेको छ ।
रौतहट र सर्लाही भएर बग्ने बागमती नदि र लाल बकैया नदी खतराको निशान भन्दा माथि पानी वगिरहेको हुँदा नदीको तटिय क्षेत्रमा सर्वसधारण जनताहरुलाई नजान जिल्ला प्रशासन कार्यालय रौतहटले जनहितमा सुचना जारी गरेको हो ।
जल तथा मौषम पूर्वानुमान बिभाग को जल मापन शाखाको अनुसार बागमती नदिमा ५ सय मिलि लिटर प्रति सेकेण्ड पार गरेको खण्डमा खतरा हुन्छ तर बुधवार बिहान मापन गर्दा ५ सय ३० मिलिलिटर प्रति सेकेण्ड क्यूसेक पानीको बहाव रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
वागमती सिचाइ आयोजना कर्मैयाको ३० वटै ढोका खोलिएको छ, पूर्वी तथा पश्चिमी नहरको ढोका बन्द गरिएको र ६ वटा अण्डर सुलिस ढोकाहरु खोलिएको प्रजिअ यादवले जानकारी दिए । वागमती नदीको साथै लाल बकैया झांझ, चादी, लगायतको नदीहरुमा पानीको सतह उच्च विन्दुमा रहदा नदी किनारको वस्तीहरुका बासिन्दाहरुलाई सचेत भएर बस्न तथा तटिय क्षेत्रमा नजान समेत प्रजिअ यादवले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै