रोहित शर्माले टेष्ट म्याचमा १० औं शतक पुरा गर्दै स्टिभ स्मिथको संख्या बराबरी गरे

   २९ असार २०८०, शुक्रबार ०९:३६  

ट्रिनाड, एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले वेस्ट इन्डिज विरुद्ध शतक प्रहार गरे संगै अष्ट्रेलियन स्टिभ स्मिथको बरावरी गरेको छ ।
भारतीय टोलीका कप्तान रोहित शर्माले बिहीबार आफ्नो १० औँ टेस्ट शतक र समग्रमा ४४ औँ अन्तरराष्ट्रिय शतक प्रहार गरेको हो । वेस्ट इन्डिज विरुद्ध जारी डोमिनिका टेस्टमा भारतको पहिलो इनिङ्समा ३६ वर्षिय खेलाडीले २२० बलमा तीन अंक जोडेका थिए ।
रोहितले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथको अन्तर्राष्ट्रिय शतकको बराबरी गरेका छन् । रोहित शर्माको शतक संग उनी फर्ममा फर्किएपछि अन्य क्रिकेट टिमलाई टाउको दुखाई भएको छ । एजेन्सी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै