फ्रान्सका राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री मोदीलाई स्वागत गर्दै हिन्दीमा ट्वीट

पेरिस, एएनआई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने फ्रान्स भ्रमणको क्रममा उनी पेरिस पुग्दा राष्ट्रपति म्याक्रोनले हंगालो हालेर भव्य रुपमा स्वागत गरेको छ ।
पेरिसमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य रुपमा स्वागत गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हिन्दीमा ट्विट गरेर जानकारी दिएको हो ।
म्याक्रोनले प्रधानमन्त्री मोदीलाई अँगालो हालेको तस्विर ट्विट गरेका छन् । “भारत र फ्रान्सले २५ वर्षको रणनीतिक सहयोग र विश्वास र मित्रताको सदा बलियो सम्बन्ध मनाउँदैछन्” उनले हिन्दीमा ट्वीट गरे । एएनआई