अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

55 Shares

 

काठमाडौं, २९ असार । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रवार काठमाडौं आइपुगेका छन् ।
दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिवसीय भ्रमणको क्रममा आज काठमाडौं आएका हुन् ।
सहायक विदेशमन्त्री लु आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ । त्यसअघि उनले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्नेछन् ।
डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन् । सोही क्रममा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपालमा उनको यो तेस्रो भ्रमण हो । यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए ।
संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्का लगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार