करेन्ट लागेर परोहाका मेयरको दाजु तैयवको मृत्यु

   ३० असार २०८०, शनिबार १८:०९  

रौतहट, ३० असार । रौतहटको परोहा नगरपालिकामा विद्युतिय करेन्ट लागेर एक बृद्ध व्यक्तिको मृत्यु भएको छ ।
परोहा नगरपालिका वडा नम्वर ४ लौकाहा घर भएका ७३ बर्षिय शेख तैयव धान खेतमा विद्युतिय मोटरबाट पानी सिंचाई गर्ने क्रममा शनिवार दिउसो १२ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर धानखेतमै छटपटिएर तैयवको मृत्यु भएको स्थानीयहरुले बताएको छ । मृतक तैयर परोहा नगरपालिकाको नगरप्रमुख शेख वकिलको ठूलो दाजु रहेको पारिवारिक श्रोतबाट बुझिएको छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवले परोहा नगरपालिकाको मेयरको दाजुलाई करेन्ट लागेर मृत्यु भएको पुष्टि गरेको छ ।
मृतक तैयवको आईतवार दिउसो मुस्लिम रितीरिवाजका अनुसार अन्तिम संस्कार गरिने परोहाका मेयर शेख वकिलको पारिवारिक श्रोतले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै