जयपुर स्वास्थ चौकीलाई शौचालय हस्तानान्तरण

   १ श्रावण २०८०, सोमबार ०७:४९  

राधेश्याम कुशवाहा

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका वार्ड न. २ स्थित जयपुर स्वास्थ चौकीलाई नयाँ शौचालय निर्माण गरी हस्तानान्तरण गरिएको छ ।
राष्ट्रिय रोजगार प्रबर्दन केन्द्र, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गोडैता नगरपालिकाको सहकार्यमा उक्त शौचालय निर्माण गरिएको आरआरपिकेका फिल्ड अफिसर सृजना घिमिरेले जानकारी दिईन ।
समुदायको सक्रिय सहभागितामा स्वास्थ चौकीका नयाँ शौचालय निर्माण र स्वास्थ चौकी मर्मत कार्यका लागि ७ लाख ३० हजार २ सय २८ बजेट विनियोजन गरिएको थियो ।
जसमध्ये आरआरपिकेको तर्फबाट ४ लाख ३ हजार ४ सय अठासी र सेफटी टंयाकी निर्माण र फिल्ड ढलानका कार्यका लागि गोडैता नगरपालिका वार्ड न. २ को तर्फबाट ३ लाख २६ हजार ७ सय ४० प्राप्त भएको स्वास्थ चौकीले जनाएको छ ।
स्वास्थ चौकीमा नयाँ शौचालय निर्माण गरी हस्तानान्तरण गरिएकोमा स्थानियवासी लगायत स्वास्थ चौकीका कर्मचारीहरुले आरआरपिके परिवारलाई विशेष धन्यावद समेत दिएका छन ।
स्वास्थ चौकीमा व्यवस्थित शौचालय नहुदा स्वास्थ चौकीका कर्मचारी तथा स्वास्थ चौकीमा स्वास्थ सेवा लिन आउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु प्रभावित हुदै आएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै