आम जनता पार्टीद्धारा गौरमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाए
कारवाही गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक, साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्दको चेतावनी
रौतहट, १ साउन । विभत्स गौर हत्याकाण्डको नाइके उपेन्द्र यादवलाई नियन्त्रणमा लेऊ, दोषीहरुलाई कारवाही गर, दोषिलाई उन्मुक्ति दिन पाउदैनन् भन्दै आम जनता पार्टीले रौतहट सदरमुकाम गौरमा जुलुश प्रदर्शन गरेका छन् ।
आम जनता पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा निस्किएको जुलुशमा गौर हत्याकाण्डको मुख्य नाइके उपेन्द्र यादवलाई गिरफतार गरेर कारवाही गर, निहत्था माथि आक्रमण गरेर हत्याकाण्डमा संलग्न दोषिहरु माथि कारवाही गर, सहिद परिवारलाई राहत दे, गौर हत्याकाण्डका दोषिलाई उन्मुक्ति दिन पाउदैनन् जस्ता नाराहरु लगाउर्दै गौर नगरपरिक्रमा गरेका हुन् ।
गौर नगरपरिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय अगाडी केही वेर नाराबाजी गरेका थिए । गौर हत्याकाण्डका मुख्य दोषि सहित अन्य दोषिहरुलाई कारवाहीको माग गर्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक एवं सहिद परिवार रुपसागर देवीले प्रमुख जिल्ला अधिकारीको अनुपस्थितिमा प्रशासकीय अधिकृत निरज श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएका छन् ।
२०६३ चैत ७ गते गौर राइस मिल्सको चौरमा तत्कालिन नेकपा माओवादी र उपेन्द्र यादवको नेतृत्वमा रहेका मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरु विच झड्प हुँदा माओवादीका २७ जनाका निर्ममतापूर्वक हत्या भएका थिए । उक्त दिने दुबै पार्टीका कार्यक्रम गर्ने मन्च राइस मिल्सकै चौरमा बन्दा सामान्य विवादको कारण ठूलो झड््पमा परिणत हुँदै गौर राइस मिल्स इतिहासमै कलंकित दिन बन्न बग्यो ।
माआवादीको मन्चलाई भत्काउदै त्यहाँ उपस्थित निर्दोष एवं निहत्था नागरिकहरु माथि उपेन्द्र यादवको नेतृत्वमा तत्कालिन मधेशी जनअधिकार फोरमले ठूलो संख्यामा आफनो कार्यकर्तालाई मानव ढाल बनाई बाँसको फट्टा, ढुंगा÷इटा, धारिलो हतियार तथा गोली प्रहार गर्दै नरसंहारकारी एवं पाशविक रुपमा २७ जनाको हत्या गरेका थियो ।
नेपालको संविधानको धारा २१ बमोजिम अपराध पिडितको हक मौलिक हक हो उपधारा (१) अनुसार अपराध पिडित भएको मुद्दाको अनुसन्धान तथा कारवाही सम्बन्धि जानकारी पाउने हक हुनेछ, उपधारा (२) अनुसार अपराध पिडितलार्य कानुन बमोजिम सामाजिक पुन ः स्थापना र क्षतिपुर्ती सहितको न्याय पाउने हक समेतको अनुसन्धान उलंघन भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । न्याय पाउनलाई सम्मानित सर्बोच्च अदालत प्रक्रियालाई अगाडी बढाउन मात्र परमादेशको माग सहितको निवेदन दर्ता भएको अवस्थामा गौर हत्याकाण्डमा ताण्डव मचाउने उपेन्द्र यादव सहितका दोषिहरुलाई कानुनी दायरमा ल्याउन जोडदार रुपमा माग ज्ञापन पत्र मार्फत गरेका छन् ।
अन्यथा दोषिहरुलाई कारवाही नगरिएमा साउन २ देखि १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया कार्यक्रम गर्ने, साउन १३ गते सहिद परिवार एवं पीडितहरुद्धारा धर्ना दिइने, साउन १४ गते मोटरसाइकल रयाली निकाल्ने साउन १५ गते देखि अनिश्चितकालिन रौतहट बन्द गर्ने उक्त ज्ञापन पत्र मार्फत चेतावनी आम जनता पार्टीले दिएका छन् ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन