चिनियाँ विदेशमन्त्री क्वीन गाङ्ग ३ सातादेखि गायब

59 Shares

वेइजिंग, २ साउन । एजेन्सी । चिनियाँ विदेशमन्त्री क्वीन गाङ्ग विगत तिन साता देखि गायव भएको छ ।
उनलाई कुनैपनि सार्वजनिक समारोह वा औपचारिक कार्यक्रमहरुमा तिन साता देखि नदेखिएको हुँदा कहाँ गएको होलान् भन्ने आशंका उब्जीदै गएको हो ।
विदेशमन्त्री गाङ्ग अन्तिम पटक सिार्वजनिक उपस्थिति २५ जुनमा उहाँको श्रीलंकाली समकक्षी सँगको भेटमा देखिएको थियो । बेइजिंगले गाङ्गको अनुपस्थितिका लागि “स्वास्थ्य कारणहरु“ उद्धृत गरेको छ । किनको एक महिला पत्रकार सँग अफेयर रहेको र उनीहरुको विवाह नगरेको बच्चा भएको दाबी गर्ने अफवाहको बीचमा यस्तो खवर आएका छन् । बहुध्रुवीय विश्वको वकालत गरिएको बेइजिङ कुटनीतिमा निकै व्यस्त छ । एशियामा आफ्नो प्रभाव थप विस्तार गर्न, युरोपेली सँग सम्बन्ध सुमधुर बनाउन शक्तिशाली राष्ट्र अमेरिका सँगको सम्बन्ध सुधार गर्न बेइजिंगको कुटनीतिक निकायहरु बस्त रहेका छन् । तर यस्तो अवस्थामा विगत तीन साता यता बेइजिंगका विदेशमन्त्री गाङ गायब हुनु आश्चर्यमा पारेका छन् ।
सार्वजनिक वृत्तमा उनी कहीँ कतै देखिएका छैनन् । उनको अनुपस्थितिबारे विभिन्न अनुमान भइरहेका छन् । ५७ वर्षका करियर कुटनीतिज्ञ उनी राष्ट्रपति सी जिनपिङका निकै विश्वासिला पात्र हुन् । त्यसैले उनले अमेरिकाका लागि चिनियाँ राजदूत रहेका क्वीनलाई गत डिसेम्बरमा विदेशमन्त्रीको जिम्मेवारी दिएका थिए ।
विदेशमन्त्रीका रूपमा क्वीनले अमेरिका बारे कडा टिप्पणी समेत गरेका थिए । चीनले अमेरिकी हवाइ क्षेत्रमा जासुसी बेलुन उडाए सँगै दुई मुलुकको सम्बन्ध निकै चिसिएको थियो । तथापि अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेन र गत महिना बेइजिङ पुग्दा गाङ्गले नै समकक्षी ब्लिंकेनलाई राष्ट्रपति सीसँग भेट गर्ने वातावरण बनाइ दिएका थिए । अमेरिकाप्रति कडा आलोचकको रुपमा चिनिएका गाङ्गले सम्बन्ध सुधार्न संवादको वातावरण पनि मिलाए । उच्च तहका चिनियाँ कुटनीतिज्ञ गाङ्गले बेइजिङमा श्रीलंका, भियतनाम र रुसका कुटनीतिज्ञ सँग भेट गरेपछि जुन २५ देखि कतै देखिएका छैनन् । उनले यसअघि रूसका उपविदेशमन्त्री आन्द्रे रुदेन्को सँग भेट गरेका थिए । वागनर समूहले आक्रमण गरेपछि रूदेन्को त्यहाँ पुगेका थिए ।
बेइजिङको कुटनीतिक व्यस्तता बढेको समयमा गाङ्ग यसरी हराउनु निकै आश्चर्यको विषय भएको देङ युवेन बताउँछन् । देङ कम्युनिस्ट पार्टीले चलाउने पत्रिकाका पूर्वसम्पादक हुन् । ‘विश्वमा चीनको प्रभाव थप विस्तार गर्नुपर्ने र कुटनीतिक व्यस्तता बढेको समयमा विदेशमन्त्री सार्वजनिक वृत्तबाटै गायब हुने विषय निकै आश्चर्यजनक छ । उनी विगत २० दिनदेखि कहीँ देखा परेका छैनन’, उनले भने ।
सार्वजनिक वृत्तमा लामो समय देखा नपरेका गाङ्गबारे प्रश्न गर्दा चिनिँया विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छिन्, ‘चीनको कुटनीति विगतमा झैँ सामान्य रूपमा नै अघि बढिरहेको छ । गाङ्गबारे कुनै पनि खबर अहिले मसँग छैन’, विदेश मन्त्रालयकी पाचौँ प्रवक्ता ह्वा चुनयिङले भनिन् ।
बेइजिङमा अमेरिकी उच्च अधिकारी जेनेट यलेन र जोन केरी पुग्दा पनि गाङ्गको उपस्थिति थिएन । गाङ्गले युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलसँग भेट गर्ने कार्यक्रम तय भएको थियो ।
तर यो विषय आधिकारिक वक्तव्यमा भने कहीँ कतै उल्लेख छैन । संवेदनशील विषयका सवालमा चीनको विदेश मन्त्रालयले सधैँनै लिखित वक्तव्य आफ्नो वेबसाइटमा राख्ने गर्छ । विदेश मन्त्रालयको वक्तव्यले अड्कलबाजीहरु खण्डन गर्न असमर्थ छ ।
चीनको राजनीतिक प्रणालीनै पारदर्शी नभएका कारण यस्तो समस्या बेलाबखत देखापर्ने गरेको पूर्व सम्पादक देङ बताउँछन् । ठूला निर्णयहरू बन्द कोठामा हुने र त्यसको सूचना नचुहिने परिपाटीका कारण यस्ता दृश्य बारम्बार दोहोरिने गरेको उनको भनाइ छ ।
सीको पालामा झन् राजनीतिक अपारदर्शिता बढेको कतिपय विज्ञको मत छ । उनले सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदा यस्ता समस्या देखा परेको उनीहरू बताउँछन् । देङ भन्छन्, ‘अधिनायकवादी शासनमा सर्वोच्च नेताले नै सबै निर्णय लिने हुँदा त्यहाँ पारदर्शिता हुँदैन ।’
केही अप्रिय स्थितिमा उच्च तहका नेतासँग सम्बन्ध बिग्रिएको अड्कलबाजी हुने देङ बताउँछन् । विदेशमन्त्री गाङ्गको सवालमा पनि यस्तै अड्कलबाजी भइरहेको उनको भनाइ छ । चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचार विरूद्ध कडा नीति लिएपछि यस्तो अवस्था बारम्बार दोहोरिएका छन् ।
उनीहरूलाई अनुसन्धानका लागि गोप्य रूपमा हिरासतमा लिने काम बढेको छ । अहिले विदेशमन्त्री गाङ्ग पनि गिरफ्तारमा परेको हुनसक्ने अनुमान गरिएको छ ।
‘ गाङ्ग सीकै एकल निर्णयले विदेशमन्त्री बनेका थिए । केही समस्या गाङ्ग माथि परेमा त्यसको असर सी मा पनि पर्नेछ किनभने विदेशमन्त्रीका रूपमा उनले सही व्यक्ति छनौट गर्न सकेनन्’, देङ भन्छन् । एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।