रौतहटको ग्रामिण भेगमा जंगली हात्तीको आतंक, सर्वसाधारण त्रसित

   १९ असार २०७८, शनिबार ११:०९  

तराई टप संवाददाता
रौतहट, १९ असार । रौतहटको मध्य एवं दक्षिण भेगमा जंगली हात्तीको आतंक बाट सर्वसाधारण गाउँलेहरु त्रसित बनेको छ ।
शुक्रवार राति देखि गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाही नगरपालिकाको उचिडिह र माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा सहितको गाउँमा अहिले जंगलीहरु प्रवेशको हो । जंगली हात्तिले केही सर्वसाधारणको घर भत्काएको छ, लामो लामो दारा भएको उक्त हात्ति कराउदै हिड्दा जनताहरु निकै त्रसित भई सम्बन्धित निकाय संग हात्तिलाई पुन ः जंगलमा फर्काउन गुहार लगाए ।
वारा जिल्लाको केही स्थानमा मानविय क्षति गरेर भागेका हात्ती हुन सक्ने आशंका गरिएको छ । वारामा मान्छे मारेको हात्ती रौतहटमा आयो भनेर खवर गाउँ गाउँमा फैलिदा स्थानीयहरु निकै त्रसित एवं डराएको स्थानीय मिठुअवाको बासिन्दा मनोज साहले बताए । अविलम्ब स्थानीय प्रशासन, वन कार्यालय, निकुञ्जको ध्यानाकर्षण हुनु नितान्त आवश्यक्ता रहेको उनले महसुस गरे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यालवले जंगली हात्ती गाउँमा प्रवेश गरेको खवर प्राप्त हुना साथ हात्ती धपाउनको लागि डिभिजन वन कार्यालय चन्द्रपुर, आधाभार वन्यजन्तु आरक्ष र नेपाली सेनालाई जानकारी गराइसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै