सिनामंगलमा शंकाष्पद बस्तु राख्ने खजाञ्ची पासवान पक्राउ

85 Shares

तस्वीर अनलाइन खवरबाट

 

काठमाडौं, ३ साउन । संघिय राजधानीको सिनामंगलमा बम जस्तै देखिने शंकाष्पद बस्तु राख्ने खजाञ्ची पासवानलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा फोन आयो, ‘सिनामंगल स्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडी बम जस्तो देखिने वस्तु राखिएको छ ।’
सुचना लगतै प्रहरी वृत्त, गौशाला सम्म पुग्यो, प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित गरायो । त्यहाँ ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’ को नाममा एउटा पर्चा पनि भेटियो । त्यसमा ज्वेलरीका सञ्चालकलाई आफ्नो पार्टीलाई सहयोग गर्न भनिएको थियो । ‘यहाँ आरडीएक्स बम बारुदको बम राखिएको छ, सावधान रहनु होला ।’ घटनास्थलमा पुगेर प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई बोलाइयो । सेनाको टोली आएर डिस्पोज गर्ने प्रक्रिया थाल्यो । त्योबीचमा प्रहरी वृत्त, गौशालाका डीएसपी समिरबाबु खड्का सहितको टोली नजिकै रहेको पसलका क्लोज सर्किट (सीसी) क्यामराको दृश्यहरु हेर्न थाल्यो ।
त्यसक्रममा शंकास्पद वस्तु राखिएको पसल अगाडी सडक पारिपट्टी रहेको सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मर मुनिको भाग देखियो ।
बिहान ७ बजेर ९ मिनेट जाँदाको फुटेजमा टिसर्टको थोरै भाग, निलो पाइन्ट र चप्पल लगाएको व्यक्तिले शंकास्पद वस्तु खसालेको देखिएको थियो । प्रहरीले अन्य पसलको पनि सीसी टीभी हेर्दै उनले राख्ने मानिस यही भिडमा हुनुपर्ने हो भन्दै खोजी कार्य सुरु गरियो । खोजीकै क्रममा प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट आरोपी २८ वर्षीय खजाञ्ची पासवानलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।
घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको अपराध अनुसन्धान महाशाखा रानीपोखरीले जनाएको छ । यता नेपाली सेनाले शंकास्पद वस्तुलाई डिस्पोज गराएको छ । सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले तर्साउनका लागि बम जस्तो देखिने गरी ब्याट्रीमा तार बेरेर राखिएको विभिन्न अनलाइनहरुमा खवरलाई प्राथमिकताका साथ छापिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।