काठमाडौं, ३ साउन । प्रदेश सभापतिको केही नचल्ने भएपनि प्रदेशको संरचना किन राखियो खारेज गरियोस भने नेपाली काँग्रेसका प्रदेश सभापतिहरुले काठमाडौंको बैंठकमा जोडदार रुपमा प्रस्तुत भए ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा प्रदेश सभापतिहरूले आफूहरूलाई बाइसाप गरेर अघि बढ्नु भए प्रदेश संरचना खारेज गर्न चेतावनी दिएको हो ।
बैठकमा मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेश संरचनालाई पार्टीले हेपहा प्रवृति अपनाएको आरोप लगाए । प्रदेश सभापति वा समितिको केही नचल्ने हो भने किन राखिएको होला प्रदेश संरचना यसलाई खारेज गरिदिनुपर्ने जस्ता उनले बैठकमा आक्रोश पोखे ।
जिल्लाको नेतृत्व गरेका थियौँ, फेरि पनि गर्छौँ । प्रदेश कायम हुन्छ भने प्रदेशलाई अधिकार दिनुपर्छ, केन्द्रबाटै शासन गर्ने हो होइन ?’ उनले प्रश्न गरे ।
यस्तै, गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रदेश सभापतिलाई आमन्त्रित सदस्य बनाइएकोमा आपत्ति जनाए । उनले भने, ‘केन्द्रका नेता प्रदेशमा जाँदा हामीलाई जानकारी हुँदैन । केन्द्रबाट जिल्लादेखि पालिका सम्म सिधा सम्पर्क हुँदा प्रदेशमा औचित्य घटिरहेको छ । त्यसैले केन्द्रबाट शासन बन्द गरियोस् ।’
महामन्त्रीद्वयले बोलाएको पार्टी सभापति भेलाबारे पनि जिल्ला तहमा परिपत्र हुँदा आफूहरूलाई जानकारी समेत नभएको गुनासो गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट