रौतहटको ग्रामिण भेगमा जंगली हात्तीको आतंक, सात घरमा क्षति, सर्वसाधारण त्रसित

   १९ असार २०७८, शनिबार १९:४३  

तराई टप संवाददाता
रौतहट, १९ असार । रौतहटको मध्य एवं दक्षिण भेगमा जंगली हात्तीले सात जनाको घरमा क्षति पुर्याएको छ भने हात्तिको रौद्र रुप हेरर सर्वसाधारण गाउँलेहरु त्रसित बनेको छ ।
शुक्रवार राति देखि गरुडा नगरपालिकाको शिवनगर, देवाही गोनाहीको उचिडिह, माधवनारायण नगरपालिको सखुअवा, मिठुअवा र यमुना माई गाउँ पालिकाको केही गाउँमा जंगली हात्तीले उत्पात मचाएर गाउँलेलाई त्रसित बनाएको हो ।
माधवनारायणको मिठुअवा गाउँमा करिव ५ घण्टा सम्म उत्पात मचाउदै सात जना भन्दाको घर भत्काएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानएको छ । हात्तिलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्ज र आधाभार बन्य जन्तु आरक्षबाट आएको विशेषज्ञको टोलीले पनि बर्षा र बाढीको कारण मात्तिएका हात्तीलाई नियन्त्रण गर्न नसकिदा सर्वसाधारणहरु आतंकित बनेको बताइएको छ ।
गरुडा नपाको शिवनगरमा रामविलास वैठा, देवानन्द सोनारको घरमा क्षति पुर्याएको छ भने प्रमोद साहको आइसक्रिमको ठेलागाडालाई पूर्ण रुपमा क्षति पुर्याएको बताइएको छ यस्तै माधवनारायणको मिठुअवा बस्ने झगरु मन्सुरी, जहिर मन्सुरी, वकिल मन्सुरी, मजिद मन्सुरीको भखारीलाई भत्काएर खाद्यान्न सामग्रीको साथै घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।


जंगली हात्तिले केही सर्वसाधारणको घर भत्काएको छ भने लामो लामो दारा भएको उक्त हात्ति कराउदै हिड्दा जनताहरु निकै त्रसित भई सम्बन्धित निकाय संग हात्तिलाई पुन ः जंगलमा फर्काउन गुहार लगाए ।
वारा जिल्लामा दुई दिन अघि मानविय क्षति पुर्याएरु रौतहटमा प्रवेश गरेको बताउदै रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले हात्ति आएको भनेर खवर गाउँ गाउँमा फैलिदा स्थानीयहरु निकै त्रसित एवं डराएपछि आरक्षको टोली आएपनि अझै नियन्त्रणमा आउन नसकिएको हुँदा सर्वसाधारणहरु सचेत भएर बस्ने उनले आग्रह गरे । हात्तिको गतिविधि माथि नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी राखेको जानकारी दिए ।
कोरोनाको मारबाट मुक्ति पाउन नसकेको रौतहटबासी बर्षा एवं बाढीको प्रकोप संगै जंगली हात्तीको त्रासमा शनिवारको राति विताउनुपर्ने बाँध्यता भएको नेकपा एमालेका युवा नेता उपेन्द्र साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै