धनुषा, ७ साउन । धनुषा जिल्ला संग सीमा जोडिएका मुखियापट्टिको मुसहरनिया स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।
शनिबार राति करिब साढे ८ बजेको समयमा अज्ञात समूहले महिलामाथि गोली प्रहार गरेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा जनाएको हो ।
मोटरसाइकल चढेर आएका दुई अज्ञात व्यक्तिले अन्दाजी २६ वर्षीया महिलालाई गोली हानी भारततर्फ नै भागेको प्रत्यक्षदर्शीले जानकारी दिए । उनको शव भारतपट्टी भेटिएकाले भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपाल प्रहरीले पनि घटनाबारे बुझिरहेको धनुषा प्रहरी प्रवक्ता डीएसपी देवप्रसाद गौतमले बताए ।
महिला माथि दुई राउन्ड गोली प्रहार गरिदा उनको घटनास्थलमै मृत्यु भएको थियो । मृतक महिलाको पहिचान खुल्न नसकेको धनुषा प्रहरीले जनाएको छ । महिलाको शव दशगजा पारी भारतीय भूमिमा भेटिएकाले पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेको गौतमले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन