रौतहटमा विषालु सर्पको विगविगी, सर्प दंशका विरामीहरुको संख्यामा ह्वातै वृद्धि

75 Shares

रौतहट, ७ साउन । चर्को गर्मी संग रौतहटमा सर्पदंशका विरामीहरुको संख्या ह्वातै बृद्धि भएका छन् ।
अत्याधिक गर्मीको कारण जमिनमुनी लुकेर बस्ने विषालु सर्पहरु बाहिर निस्कन थालेपछि सर्प दंशका विरामीहरुको संख्यामा ह्वातै वृद्धि हुन थालका हुन् ।
सर्पको टोकाईबाट शनिबार मात्रै ११ जना बिरामी परे । बिषालु सर्पत गोमन, करेत, साखड प्रजातीका बिषालु सर्पको बिगबिगी रहेको स्थानियबासी ले बताए । गरुडा नगरपालिका वडा नम्वर १ का ७ वर्षिय शेख अफरानलाई बिहान गोमन सर्पले टोकेपछि गौर प्रादेशिक अस्पतालमा भर्ना भएर उपचार गराए ।
पछिल्लो समय रौतहटमा दिनहु सर्पदंशका १५ देखि २० जना सम्म बिरामीहरु गौर अस्पतालमा उपचार गराउन आउने गरेको प्रादेशिक अस्पताल गौरका आकस्मिक कक्षका इन्चार्ज पंकज ठाकुरले बताए ।
सर्पको टोकाईबाट आउने प्रायः विरामीहरुलाई उपचार गरी निको भएपछि मात्रै पठाउने गरेको जानकारी दिदै अधिकाँश नन प्वायजनस केसहरु रहने गरेको तथा महिनामा ३० विरामी पोवाजनस केसहरु आइरहेको समयमै आएर उपचार गर्दा उनीहरु निको हुने गरेको बताए ।
सर्पले टोकेमा के गर्ने
सर्पले टोक्ने बित्तिकै शरीरको अन्य भागमा सर्न नदिन टोकेको ठाउँभन्दा अलिकति माथि बाँध्नुपर्छ । हिँडडुल गर्दा विष शरीरका अन्य भागमा छिटो सर्ने भएकाले हिँडडुल गर्ने, दौडने गर्नुहुँदैन । छिटो सर्पदंशका विरामीहरु अस्पताल पुग्ने नाममा आफैँले मोटरसाइकल, गाडी चलाउनु हुँदैन् । सर्पले टोकेको आशंका लागेमा पानी खानु हुँदैन । पानी खाँदा पानीको सहायताबाट विष शरीरका विभिन्न भागमा छिटो पुग्ने हुदा अत्यधिक खतरा रहन्छ । विषालु सर्पले टोकेर विष छोडे मात्र मान्छेलाई विष लाग्छ । विष लागेमा कमजोरी महसुस हुने, मुख खोल्न नसक्ने, जिब्रो निकाल्न नसक्ने, पानी या अन्य खानेकुरा निल्न गाह्रो हुने, आँखा खोल्न नसक्ने जस्ता लक्षण देखिन्छ । यस्ता लक्षण देखिए सर्पले टोकेको अनुमान गरी जतिसक्दो चाँडो अस्पताल पु¥याउनुपर्छ ।
सर्पको टोकाइबाट बच्न रातको समयमा नहिँड्ने, हिँड्नैपरे उज्यालोको सहायतामा हिँडडुल गर्ने, सुत्नुअघि ओछ्यान राम्रो सँग हेर्ने, सुत्ने कोठा र घरका अन्य कोठा राम्रोसँग हेरेर मात्र सुत्ने गर्नुपर्छ । झुल लगाउनु पर्छ, भुइँमा कहिल्यै सुत्नुहुन्न । घरवरिपरि सफा राख्ने र झ्यालढोकामा जालीको व्यवस्था गर्नुपर्छ । सर्पले मुसा, कुखुरा र हाँस खाने भएकाले सुत्ने कोठा नजिक मुसा आउन नदिने तथा कुखुरा र हाँस घरभन्दा टाढा पालन गर्दा सर्पको जोखिम बाट बच्न सकिन्छ चिकित्सक ठाकुरले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।