चिनियाँ कुटनीतिक चासोबाट नेपाली राजनीति प्रभावित हुने आशंका

72 Shares

काठमाडौं, ९ साउन । उत्तरी छिमेकी देश चीनले नेपालमा कुटनीतिक चलखेल तिव्र बनाएको छ ।
नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युनले आज मंगलवार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संग भेटवार्ता गरेको हो ।
यस्तै सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका युआन मंगलबार बिहान ओलीसँग वार्ताका लागि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका हुन् । ओली कम्बोडियाको निर्वाचनमा पर्यवेक्षण गरेर सोमबार फर्किए लगत्तै मंगलबार बिहान यो भेटवार्ता भएको बताइएको छ ।
यो भेटका अवसरमा दुई नेताबीच कम्युनिष्ट पार्टीको सम्बन्ध, नेपाल र चीनबीचको साझेदारी, आपसी हित र चासोबारे कुरा भएको छ ।
भेटका क्रममा एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालसहितका नेताहरु पनि सहभागी थिए ।
यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ता च्या चुनले आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।
राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आएको बताए ।
प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी रहेको छ । चिनियाँ टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटलाई तिव्र बनाएका छन् ।
टोलीले शनिबार इटाली पुगेका प्रधानमन्त्री प्रचण्डसँगसमेत आइतबार जुम एपका माध्यमबाट छलफल भएको श्रोतले बतायो ।

स्मरणीय छ की, नेपालमा ठूलो परिमाणमा सुन बरामद भएपछि चिनियाँ नेताहरुको नेपाल भ्रमणबाट नेपाल राजनीतिमा चिनियाँ चासोबाट राजनीति वृतमा शंका उपशंकाहरु उब्जाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।