इस्लामबाद, एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पुनः पक्राउ पर्ने संकेत देखा परेका छन् ।
पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष खानको समस्या दिनप्रतिदिन बढ्दे गएका हुन् । पाकिस्तानको निर्वाचन आयोगले सोमबार (जुलाई २४) मा इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले यसअघि इमरान खानलाई धेरै पटक हाजिर हुन बोलाएको थियो तर इमरान खान उपस्थित भएनन् । यसपछि निर्वाचन आयोगले पाकिस्तान तहरीक–ए–इन्साफका प्रमुख इमरान खानलाई पक्राउ गर्ने जिम्मेवारी इस्लामावादका प्रहरी महानिरीक्षक (आईजी) लाई दिएको छ । पाकिस्तानको निर्वाचन आयोग (इसीपी) ले गत वर्ष मुख्य निर्वाचन आयुक्त र निर्वाचन आयोग विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा खान ९७०० र पार्टीका पूर्व नेता असद उमर र फवाद चौधरी विरुद्ध अवहेलनाको कार्यवाही सुरु गरेको थियो ।
ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको इजलासले गत जुलाई ११ मा उमरलाई राहत प्रदान गर्दै खान र चौधरीको लागि गैर जमानती वारेन्ट जारी गरेको थियो। इजलासले सुनुवाइका लागि जुलाई २५ गते तोकेको छ ।
पाकिस्तानको निर्वाचन आयोगले आफ्नो नयाँ आदेशमा भन्यो कि खानलाई जनवरी १६ र मार्च २ मा नोटिस र जमानती वारेन्ट जारी गरिए पनि उनी आयोग समक्ष उपस्थित हुन गएनन । यसै सन्दर्भमा पाकिस्तानको निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी गरेको छ ।
आज बिहान १० बजेभित्र पक्राउ गरी हाजिर गर्न आयोगले आदेश दिएको छ । यसबारे पाकिस्तानका पूर्वप्रधानमन्त्रीले यो सबैको पछाडि गृहमन्त्रीको षडयन्त्र रहेको बताएका छन् । यस विषयमा इमरान खानको प्रतिक्रिया पनि आएको छ । आफुलाई हटाउने प्रयास भइरहेको उनले बताएका छन । यसका लागि अर्को वारेन्ट जारी गरिएको थियो ।
यससँगै पाकिस्तानी अदालतमा इमरानकी पत्नी बुशरा बीबी, दुई दिदीबहिनी र एकजना विरुद्ध सुनुवाइ भएको छ । यसमा दिदीबहिनी र आफन्त दुवैलाई फरार घोषणा गर्नका लागि बहस सुरु भएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट