वितण्डा मचाउदै जंगली हात्ती भारत प्रवेश, सितामढी जिल्लामा हात्तिको शिकार बने पत्रकार

तराई टप संवाददाता
रौतहट, २० असार । आरक्षको कर्मचारीको लापरवाहीको कारण जंगली हात्ती नियन्त्रणमा आउन नसक्दा शनिवार राति भारतीय क्षेत्रमा प्रवेश गरेका छन् ।
बाढी संगै रौतहटको मध्य तथा दक्षिणी भेगमा जंगली हात्तीको वित्तण्डालाई रोक्न पर्सा बन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोली असफल भए ।
शनिवार दिनभरी रौतहटको गरुडा नपाको शिवनगर, देवाही गोनाहीको उचिडिह, माधवनारायणको सखुअवा, मिठुअवा, यमुनामाईको जेठरहिया, दुर्गा भगवतीको पचरुखी , राजदेवीको बसतपुर, लक्ष्मिपुर वेलविछवा सम्म जंगली हात्ती उत्पात मच्चाउदा समेत हात्ति नियन्त्रण गर्न आएका टोली असफल भए ।
गएराति १२ बजे सम्म राजदेवी नगरपालिकाको विभिन्न गाउँमा देखा परेको त्यस पछि सम्पर्कमा आउन नसकेन । जंगली हात्तीले गरुडा, देवाही गोनाही, माधवनारायण नगरपालिकाको विभिन्न गाउँमा सर्वसाधारणको घरमा क्षतिपुर्याए तर मानविय क्षति नभएको रौतहट प्रहरीले जनाए । आरक्षको प्राविधिक टोलीको नियन्त्रणमा आउन नसकेका जंगली हात्ती बाढीको पर्वाह नगरी लक्ष्मिपुर वेलविछवा भएर भारत प्रवेश गरेको निशानहरु आईतवार विहान फेला परे ।
भारत विहार सितामढीको वैरगनिया प्रखण्डको जोरियाहीमा विहान देखा परेपछि स्थानीयहरु सितामढी प्रशासन र वन कार्यालयलाई खवर गरेको हिन्दस्तान दैनिकको पत्रकार राजकपुरले बताए । जोरियाहीबाट हात्ती चकवा हुँदै वागमती नदी पार भई विभिन्न गाउँमा उत्पात मचाउदै सुप्पी प्रखण्डको ससौला पुगेका थिए । नेपाली हात्ती भारतमा आएको हल्ला फैलिदा भारतीय संचारकर्मीहरु रिपोर्टिगको लागि आउदा आज दिउसो २ बजेको समयमा ससौलामा राष्ट्रिय खवर पत्रिकाको पत्रकार पुरुषोत्तम कुमार महतोलाई गम्भीर घाईते बनाएको कपुरले जानकारी दिए । गम्भीर घाईते भएको पत्रकार महतोको उपचारको लागि सितामढी सरकारी अस्पताल लगिएको बताए ।
बर्षा र बाढीको कारण बथानबाट छुटिएर जंगलबाट समतलमा आएर भारतमा प्रवेश गरेको र यहाँको स्थानीयहरुको घर, वगैचा, केरा खेतीलाई धेरै क्षति पुर्याएको जानकारी समेत हिन्दुस्तान टाइम्सको पत्रकार कपुरले दिए ।
दुई दिन अघि बाराको कलैया नगरपालिका स्थित आफनै खेतमा काम गरिरहेका एक ४५ बर्षिय पुरुषलाई मारेर रौतहट प्रवेश गरेपनि राष्ट्रिय सम्पदालाई जोगाउन आरक्षको टोली असफल हुँदा भारतीय क्षेत्रमा गएकोलाई हात्तीलाई आरक्षबाट यथोचित पहल गरी नेपालमा ल्याउनुपर्ने स्थानीय समाजसेवी शम्भु सप्रिमले सम्बन्धित निकाय संग माग गरे ।