73
Shares
इशलामाबाद, एजेन्सी । पाकिस्तानले गिलगिट–बाल्टिस्तान क्षेत्रमा चिनियाँ नागरिकहरुलाई एनओसी विना प्रवेश गर्नमा निषेध गरेको छ ।
पाकिस्तान सरकारले कथित रूपमा चिनियाँ नागरिकहरूलाई गिलगिट–बाल्टिस्तान क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाउने एक अधिसूचना जारी गरेको हो ।
उनीहरूलाई अब भ्रमणको लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक गरिएको पाकिस्तानको समाचार माध्यमहरुले जनाएको छ । “यो कदम चिनियाँ नागरिकको सुरक्षाको लागि हो,” एक अधिकारीले भने ।
यस वर्षको सुरुमा, पाकिस्तानको पञ्जाब प्रान्तले त्यहाँ बसोबास गर्ने चिनियाँ नागरिकहरूलाई निजी सुरक्षा कम्पनीहरूलाई काममा राख्न निर्देशन दिएको थियो ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट