एलआईसी नेपाल लिमिटेडको गोरखधन्धा सार्वजनिक भएपछि नक्कली कागजातहरुलाई सक्कली बनाउने होड्मा शाखाप्रमुख तथा कर्मचारीहरु व्यस्त
रौतहट, १० साउन । नम्वर वन बन्ने होडमा लाइफ इन्सोरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडले फर्जी विमा लेख नम्वर खडा गरेको रहस्य खुलेको छ ।
सन् २००५ मा एलआइसी नेपाल लिमिटेड स्थापना भएका थिए । जसमा भारतीय जिवन विमा कर्पोरेसनको ५५ प्रतिशत सेयर होल्डर र ४५ प्रतिशत नेपालीहरुको शेयरमा संचालनमा आएका एलआइसी नेपाल लिमिटेडलाई नेपालमा नम्वर वन विमा कम्पनी बनाउन फर्जी (नक्कली) विमा लेख नम्वर (विमा धारक ग्राहक) खडा गरेको रहस्य खुलेको हो ।

एलआईसी नेपाल लिमिटेडको गौर शाखामा सन् २०२० को डिसेम्बर महिनामा फर्जी विमा धारकहरु खडा गर्नमा तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहको भुमिका शंदेहपूर्ण एवं नेपाल राष्ट्र बैंकको वित्तिय नियमावली विपरित रहेको देखिन्छ । श्रोतका अनुसार यस्ता फर्जी विमा धारकहरु गौर शाखामा मात्रै नभई मुलुकको अन्य शाखाहरुमा खोलिएर एलआईसीलाई नम्वर वन बनाउने होडमा संलग्न एलआइसीका कर्मचारीहरुको नक्कली धन्धाहरु सार्वजनिक हुन थालेपनि त्यस्ता कर्मचारी वा शाखा प्रबन्धकलाई अहिले सम्म कारवाही गरिएको नदेखिदा कतै माथिल्लो निकायकै मिलोमतोमा यस्ता पौलेसी रहेको त होइन ति श्रोले आशंका व्यक्त गरे ।
समाचारको प्रभाव
विमाधारक सीता देवी खड्कालाई दबाव
रौतहटको चन्द्रपुर नगरपालिका घर भएकी सीता देवी खड्काको श्रीमान कृष्णबहादुर खड्का वितेपछि भविष्य कुनै आफतविपतका लागि एलआईसी नेपाल लिमिटेड गौर शाखामा २०१९ जनवर २२ तारेखमा पोलिसी नम्वर २५०७१२२१३ पाँच बर्षको लागि २ लाख ९८ हजार फिक्स डिपोजिट गरेका थिए । सन् २०२४ जनवरमा उक्त रकम मैचुअड हुने थिए । तर यसै विचमा खड्कालाई कुनै जानकारी नै नदिई सन् २०२० मा २ लाख ६० हजार ऋणको नाममा तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहले झिकेको थियो ।
उक्त समाचार साउन ५ गते तराई टप नेपाली अनलाईन सहित विभिन्न मिडियाहरुमा प्रकाशित भएपछि एलआईसी नेपाल लिमिटेड केन्द्रीय कार्यालय, प्रदेश कार्यालयको ध्यानाकर्षण हुँदा साउन ७ गते आईतवारको दिन तात्कालिन शाखा प्रवन्धक साहले झिएिको रकम दाखिला गरेको एलआइसी नेपाल श्रोतले बतायो ।
श्रोतका अनुसार त्यती मात्रै नभई विमाधारक सीतादेवी खड्कालाई फोनमा पटक पटक तपाईको घर कहाँ हो, म आउदै छु, ऋण लिएको कागजातमा हस्ताक्षर गरिदिनु भन्दा समेत खड्काले मैले ऋण नलिदा कसरी हस्ताक्षर गर्ने भनेपछि उनीहरु पटक पटक महिलालाई मानसिक रुपमा फोनबाट प्रताडना गर्दै आएको ति श्रोतले दाबी गरे ।
यस्तै गौर नपा ८ का एक जना ग्राहकले आफनो पुरानो खाता बन्द गरेर त्यहाँ जम्मा रहेका १ लाख २० हजार बाट श्रीमान र श्रीमतीको खातामा आधा आधा रकम राखेर नयाँ खाता खोल्न भनेपछि उनीहरुको खाता नखोली रकम चलाएको पाइएपछि एलआईसी नेपाल माथि विश्वास गर्ने आधार नदेखिएको आरोप ति व्यक्तिले लगाए ।
नेपाल राष्ट्र बैंकको वित्तिय विमा नियमावली विपरित एलआईसी नेपालका शाखा प्रबन्धकहरुको बदमासीको कारण एलआईसी नेपाल लिमिटेड माथि प्रश्न चिन्ह खडा भएको छ । नम्वर वन बन्ने होडमा कति दिन सम्म ग्राहकहरुलाई ठगिने कार्य जारी रहन्छ त्यसतालाई अनुसन्धान गर्नमा एलआईसीका माथिल्लो निकाय चुप रहदा उनीहरु माथि शंका खडा भएको श्रोतले बताए ।
एलआईसी नेपालको सिइओ प्रणय कुमार संग सम्पर्क गर्दा उनको मोवाइल रिसिभ भएन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन