रौतहट, १० साउन । आम जनता पार्टीले २०६३ चैत ७ गते मानव क्रुरताको विभत्स रुपमा भएको गौर हत्याकाण्डका मुख्य दोषि सहित अन्य दोषिहरु माथि कानुनी कारवाही गर्न जोडदार रुपमा माग उठाएको छ ।
निर्दोष निहत्थालाई निर्ममतापूर्वक हत्या गर्नेहरु अहिले ६ दलको रुपमा अघि सरेर कारवाहीबाट जागिन एकजुट भएको आजपाको आरोप हो ।
सोमवार आजपाका अध्यक्ष प्रभु साहको नाम जोडेर रौतहटका सत्तारुढ दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत र लोसपाले संयुक्त रुपमा प्रदर्शन गरेका थिए । उक्त पर्दशनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आजपाले आपत्ति जनाएको छ ।
‘आम जनताको कुनै हक अधिकार वा पीडितहरुलाई न्याय दिलाउन एकजुट हुनुको सट्टा आज एकाएक विगत १७ वर्षदेखि अनवरत न्यायको पर्खाइमा रहेका विभत्स गौर हत्याकाण्डका पीडितहरुले न्याय पाउने सम्भावना बढेसँगै हत्याकाण्डका अपराधी र तीनका संरक्षकहरु आतंकित भई हताश मनोविज्ञानका साथ यसरी संगठित हुनुले पनि काफी कुराको संकेत गरिरहेको स्थित छ ।’
आजपा प्रवक्ता चन्द्रभुषण साह विज्ञप्ति निकालेर सर्वोच्च अदालतसहित देशका तिनै तहको न्यायालयबाट न्याय निरुपण हुँदा कहीँ कतै प्रभु साहको नाम निशानसमेत नआएको विषयमा पूर्वाग्रही भई कपोकल्पित, आधारहिन र झुठा आरोप लगाएर प्रदर्शन भएको बताएका छन् ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट