90
Shares
रौतहट, १२ साउन । नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालद्धारा गौर कारागारमा रहेका कैदीबन्दीहरुलाई निशुल्क आँखा परिक्षण गरिएको छ ।
गौर कारागारमा कैदी बन्दीको जीवन विताइरहेका बन्दीहरुलाई शुक्रवार निशुल्क रुपमा आँखाको परिक्षण गरेर औषधी र चश्मा वितरण गरिएको हो ।
गौर आँखा अस्पताल पुरेनवाका मेडिकल अधिकृत प्रज्जवल बस्नेतको नेतृत्वमा कारागारमा गएको प्राविधिक टोलीले २३० कैदीबन्दीको साथै सुरक्षाकर्मीहरुलाई निशुल्क रुपमा आँखाको परिक्षण गरिएको आँखा अस्पताल पुरेनवाले जनाएको छ । ९१ जनालाई चश्मा, १३० जनालाई औषधी र मोतिया बिन्दु भएका ९ जनालाई कारागारको समन्वयमा पछि लेन्स सहितको शैल्यक्रिया गरिने आँखा अस्पतालका कर्मचारी सत्येन्द्र पाण्डेले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन