zoom conference download gratis download zoom cloud meeting app windows 10 zoom 32 bit download zoom app features and benefits zoom duo download

बर्षेणी बाढी, डुवानको समस्या झेल्दै आएपनि क्षतिलाई नियन्त्रण गर्न कोही भएन बाढीपडितको पिडा

   २० असार २०७८, आईतवार १९:३२  

प्रभातकुमार झा
रौतहट, २० असार । बर्षा संगै वागमती, लाल बकैया सहितको नदीहरुमा आएको बाढीको पानी बस्तीबाट हटेपनि बर्षेणी हुने क्षतिलाई नियन्त्रण गर्ने निकाय उदाशिन रहेको बाढीपिडतहरुले पिडा पोखेको छ ।
रौतहट जिल्लाको पूर्वमा वागमती र पश्चिममा लाल बकैया सहित मध्यमा रहेको भाझ, चाँदी, तरहरी, अरुवा, भकुवा सहितको स साना खोलाहरुमा आएको बाढी मानव बस्तीमा छिरेर सवैभन्दा बढि गरिव विपन्न वर्गका परिवारलाई क्षतिपुर्याएको हो । वस्तीबाट बाढीको असर कम हुँदै गएपनि बाढीले दिएको पिडालाई अझै सम्झीदै छन् बन्जरहाबासी ।
बन्जरहाबासीको पिडा आफनै सरकार संग छ, दक्षिणमा भारतले बाँध बनाएर बर्षाको पानी वग्ने प्राकृतिक बहावलाई भारतले रोकिदिएको तर लाल बकैया नदीमा रहेको बाँधलाई हटाइदिए भने हामी डुवानको प्रभावबाट यहाँको बासिन्दा जोगिने थिए स्थानीय समाजसेवी एवं नेपाल तरण दलको केन्द्रीय सदस्य गृषनन्दन सिंहले गुनासो गरे ।
“प्रत्येक बर्षको यही समस्या यहाँको हो, जो प्रशासक आउछ सवै भारतीय पक्ष संग कुरा गरेर चाँडै समाधान गर्छु भन्छ तर त्यो सवै कुरामै सिमित हुँदा बन्जरहाबासी अनाहकमा दुख, कष्ट झेल्नुको साथै भौतिक आर्थिक नोकसानी वेहोर्दै आएको उनले भने ।” “बकैया नदीको पश्चिमी बाँध हटाइदिदा बाढीको मात्रै समस्या हुने थिए तर अहिले १०० घरमा पानी जमेको छ, ३५÷४० घरमा त ४ फिट भन्दा पानी जम्दा कसरी बाँचिरहेका छन् यहाँको बासिन्दालाई थाहा छ, बाढीको पिडा कस्तो हुन्छ त्यो हामीहरुलाई थाहा छ, हाम्रो पिडालाई कस्ले बुझला ? भने उनले प्रश्न गरे ।”
“सिंह जस्तै अर्को स्थानीय बासिन्दा एवं इशनाथ नगरपालिका १ को वडाध्यक्ष विगु व्यासले पटक पटक नेपाली अधिकारी सहित वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना परवानीपुरलाई गुहार्दा थकित भईसकेको तर हाम्रो पिडा सुन्ने कोही भएन भने गुनासो गरे । बन्जरहाबासी संग राज्यको व्यवहार सौतेला व्यवहारबाट हामी दिक्क भईसकेका छौं उनले भने ।”
“भारतीय पक्ष संग पटक पटक लडेर आफनो भु भागको रक्षार्थ के गरेन तर हाम्रो पिडालाई सुन्ने आफनै सरकार भएन अर्कालाई के दोष थुपार्ने” । “ घर डुवानबाट हुने जनधनको क्षति बाहेक सयौं विगहा जग्गामा लगाइएको खेती चौपट भएको पिडा कसलाई सुनाउ उनले भने, तपाईहरु पनि प्रत्येक बर्ष आउनु हुन्छ फोटो तानेर हाम्रो पिडालाई सरकार सामु पुर्याउुन हुन्छ तर सरकार कानमा तेल हालेर सुतेको बहिरो सरकारको कानमा जति विन बजाए त्यती कम हुने जस्तो पिडा वडाध्यक्ष व्यासले पोखे ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै