रौतहट, १४ साउन । रौतहटको मौलापुर नगरपालिकाको पतौरामा दुई बर्षको छोरी सहित आमाछोरीको हत्या गरेको आरोपमा तीन जनालाई गत शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि गौर कारागार चलान गर्ने आदेश दिएको छ ।
गत असार १५ गते बिहान मौलापुर नगरपालिका वडा नम्वर ४ पतौरा गाउँका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारीलाई घरमा हत्या गरेर आत्महत्या गरेको देखाउन झुण्डयाएको आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ परेका तिन जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गरेको हो ।
बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले हत्या आंशकामा अनुसन्धान अघि बढाएको थियो । घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेकोे थियो । ससुरा नागेन्द्र साह अझै पनि फरार छन् ।
प्रहरीले चारैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर अदालतमा पेस गर्दा न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले पक्राउ परेकाहरु निर्दोष छन् भन्ने तत्काल आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवलले जानकारी दिए ।
मृतक कविताका बुवा रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवाका विजयशंकर साहले ज्वाइँ धिरेन्द्र साह लगायत ४ जनाले हत्या गरेको भन्दै उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका थिए । २०७७ मंसिरमा छोरीको विवाह गर्दा उनले ज्वाइँलाई दाइजोमा मोटरसाइकल दिएका थिए । विवाहमा मागे जति सामान दिए पनि दुई वर्षपछि छोरी मार्फत सुनको सिक्री, औठी र पलङ मागेको र नदिएपछि हत्या गरेको विजय शंकरको आरोप छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन