पैदल यात्रुहरुलाई आवतजावतमा रोक लगाउदा गौर वैरगनिया बोर्डरमा सर्वसाधारणहरु अलपत्र अवस्थामा

   २१ असार २०७८, सोमबार १७:५७  

तराई टप संवाददाता
रौतहट, २१ असार । रौतहट सदरमुकाम गौर संग जोडिएको नेपाल भारत सिमा भएर आवतजावत गर्नमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले रोक लगाउदा सयौं सर्वसाधारण नागरिकहरु अलपत्रमा परेको छ ।
भारतीय सिमाको सुरक्षार्थ खटिएका एसएसबीले नेपाल र भारतबाट पैदल ओहर दोहर गर्ने यात्रुहरुलाई रोक लगाउदा नेपाली क्षेत्रमा भारतीय र भारतीय क्षेत्रमा नेपाली अलपत्र परेको हो ।
सोमवार विहानै देखि एसएसवीले मितेरी पुल भएर हिडडुल गर्न रोक लगाउदा ओहर दोहर गर्नेहरु विचल्लीमा परेका छन् । भारतीय क्षेत्रबाट आएको जन्ती एवं विभिन्न काम विशेषबाट भारत तर्फ गएका नेपालीहरु सयौं नेपाली र भारतीय नागरिकहरु अलपत्र अपस्थामा परेको बताइएको छ ।
बैरगनियामा रहेको भारतीय सुरक्षा बल एसएसबिको कमाण्डेण्ट परिवर्तन भए पछि अहिले आएका कमाण्डेन्ट अमित कुमारले आवतजावत बन्द गराएको नेपाली सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन । बिहानै बैरगनिया तर्फ सामान खरिद गर्न गएका नेपालीहरु भारतीय क्षेत्रमै अलपत्र अवस्थामा रहेको स्थानीयहरु बताउँछन ।
नेपाल भारत विच सदियौं देखि कायम रहेको वेटी रोटीको सम्बन्ध माथि कोभिड १९ को ग्रहण लागेको छ । कोभिडका कारण २०७६ चैत १० गते देखि बन्द रहेको सिमा अझै सुचारु नहुँदा सर्वसाधरणहर विहेवारी लगायत आफन्त संग भेटघाट गर्ने प्रयोजन एवं अध्ययन गर्ने छात्रछात्राहरु साइडको नाकाहरुबाट जानेआउने क्रम जारी थिए तर अत्याधिक बर्षा र बाढीबाट साइड नाकाहरुमा जलभराव हुँदा मुख्य नाका गौर भएर आवतजावत गर्ने गरिएको थियो । उक्त आवतजावतलाई आज विहानै देखि भरातीय सरक्षाकर्मीहरु अवरोध खडा गरेर रोक लगाउदा समस्या उत्पन्न भएको सर्वसाधारणहरुले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै