88
Shares
वासिंगटन, एजेन्सी । अमेरिकामा सम्भावित नयाँ कोभिड–१९ लहरको सामना गरिरहेको समाचार प्रकाशमा आएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अमेरिकामा कोभिड–१९ का कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएको र यो नयाँ कोभिड–१९ लहरको सङ्केत हुनसक्ने बताएको हो ।
“हामीले विगत केही हप्तादेखि प्रारम्भिक सूचकहरू माथि गएको देख्यौं, हामीले अस्पताल भर्नाहरू पनि बढेको देख्यौं । यो गर्मीको अन्त्यको लहरको सुरुवात हुन सक्छ,“ सीडीसीका अधिकारीले भने । हिन्दुस्तान टाइम्स ।