एसएसवीको अवरोध हट्यो, अलपत्र परेका सर्वसाधारणहरु आ आफनो गणतव्य तर्फ

591 Shares

तराई टप संवाददाता
रौतहट, २१ असार । एसएसवीले विहानै देखि आवतजावतमा लगाएको रोक साँझ देखि हटाउदा अलपत्र परेकाहरु आ आफनो गणतव्य तर्फ गएको छ ।
अलपत्र रहेका सयौं नेपाली र भारतीय नागरिकहरु एसएसवीको व्यवहारबाट क्रुद्ध भई भारतबाट आउने दुई वटा मालबाहक ट्रकलाई नेपाल प्रवेश गर्न नदिदा सिमा क्षेत्रको मितेरी पुलमा केही वेर तनाव उत्पन्न भए ।
सोही तनावको क्रममा एक जना नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीले मरणासन्न हुने गरी कुटपिट गर्दा नेपाली सुरक्षाकर्मीहरु उक्त व्यक्तिलाई आफनो कब्जामा लिई उपचारको गौर अस्पताल पुयाए । एसएसवीले पैदल यात्रुहरु माथि लगाएको रोकको विरुद्ध चर्का नारावाजी विहानै देखि जनताहरु गरिरहेका थिए ।
आफन्त भेट्न, विरामीलाई उपचार गराउन, विहेवारी गर्न लगायतको खाद्यान्न सामग्री किनमेल गर्न जानमा रोक लगाएको एसएसवीको व्यवहारबाट आजिज भएका जनताहरु भारतबाट आउने मालबाहक ट्रकलाई त्यस तर्फ फर्काएपछि समस्या उत्पन्न भएको स्थानीयहरुले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सिमामा सामान्य तनाव उत्पन्न भएको स्वीकार्दै सहज रुपमा पैदल यात्रुहरुलाई जानआउन दिन सितामढीको डिएम संग कुरा गर्दा हामीले माथिल्लो तप्काको निर्देशन नआए सम्म जानआउन नदिने निर्देश रहेको बताए । विरगंज स्थित भारतीय महा वाणिज्यदुतावासको काउन्सुलर संग कुरा भएको चाँडै समस्या समाधान गर्ने आश्वासन दिएको प्रजिअ यादवले जानकारी दिए ।
समाचार तयार पार्दै गर्दा प्रजिअ यादवको काउन्सलर संगको सम्वादको असर देखिएको आज साँझ ५.३० बजे देखि कोभिड प्रोटोकलको पालना गरेर पैदल आवतजावत गर्नमा एसएसवीले लगाएको अवरोध हटाए पछि दुवै तर्फ विहानै देखि अवरोध सिमा सुचारु भएको जनाइएको छ ।
यता एसएसवीको कुटाईबाट घाईते भएका गौर बसपार्क नजिक होटल व्यवसाय संचालन गरेका गौतम दुलालको गौर अस्पतालमा उपचार पछि घर पठाइएको छ । स्मरणीय छ, प्रत्यक्षदर्शी स्थानीय बासिन्दाहरुको अनुसार घाईते दुलाल भिडियो बनाउदै थिए सोही क्रममा एसएसवीले समातेर कुटपिट गरेको आरोप लगाए । अर्को तर्फ मितेरी पुलको उत्तरी छोर नेपाली भु भाग रहेपनि एसएसबीहरु नेपाली भु भागबाट समातेर कुटपिट गरेको आक्रोश उनीहरुले पोखे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार