२ थान नककटुवा पेस्तोल, गोली सहित २ जना पक्राउ

   अशोज २१, २०७७  
1.1K Shares

बाँके, २१ असोज । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्वर ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने गाउँबाट २ थान नलकटुवा पेस्तोल र सोहीमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई बाँके प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका वडा नम्वर २० मनिकापुरका ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका वडा नम्वर १९ बासुदेबपुरका ३३ वर्षीय ईब्राहिम बेहना पक्राउ परेका हुन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको छ । यस सम्बन्धमा बाँके प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै