रौतहट, १६ साउन । विभिन्न कारणबस बन्द भएका श्रीराम सुगर मिल्स लिमिटेडको संचालकले अनाधिकृत रुपमा मिल कबाड भएको भन्दै टेण्डर प्रक्रिया अगाडी बढाएकोमा उखु उत्पादक संघ रौतहटको ध्यानाकर्षण भई त्यसलाई यथाशिघ्र रोक्ने सम्बन्धी दुई सुत्रिय निर्णय भएको छ ।
रौतहटको गरुडा नगरपालिकामा मंगलवार आयोजित उखु उत्पादक संघ रौतहटको बैठकमा स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाउन र श्रीराम सुगर मिल्सलाई जोगाउने वृहद भेला गर्ने सम्बन्धमा निर्णय भएको हो ।
गरुडामा रहेका श्रीराम सुगर मिल्सका संचालक समितिले अनाधिकृत रुपमा कबाड भन्दै टेण्डर प्रक्रिया निकालेको विरुद्धमा उखु किसानहरुद्धारा आउदो २२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
मिल्सको जग्गालाई जोगाउन रौतहटको चारै क्षेत्रका जनप्रतिनिधिहरु, प्रदेशका जनप्रतिनिधिहरु, संघका प्रतिनिधिहरु सहित नागरिक समाज, बुद्धिजीविहरु, किसानहरुको उपस्थितिमा साउन २७ गते शनिवारका दिन गरुडा स्थित श्रीराम सुगर मिल्सको हाता भित्र वृहद भेला गर्ने निर्णय भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए ।
बैठकमा जिल्ला समन्वय समितिका सभापति रामअयोध्या राय यादव, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमनी प्रसाद जयसवाल, जसपा केन्द्रीय सदस्य गोविन्द चौधरी, गुजरा नपाको नगरप्रमुख सन्तलाल चौधरी, गरुडानपाको उपनगरप्रमुख पुनम चौधरी, नेपाली काँग्रेसका रामचन्द्र गिरी, हृदय नारायण यादव, नेकपा एसका प्रभावशाली नेता एवं गरुडा नपामा मेयर प्रत्याशी वृजकिशोर यादव, स्थानीय व्यापारी रामभरोस यादव राजनीतिकर्मीहरु अशोक यादव, अनिल यादव, राजकुमार दास तत्मा, प्रमेशंकर यादव, रामविनोद जयसवाल, शेख मसहर, श्याम सहनी, विनय यादव लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितमा रौतहटको धरोहरलाई जोगाउन उक्त निर्णय भएको बताइएको छ ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट