चिनियाँ राष्ट्रपति सि जिनपिंगलाई कम्युनिष्ट सरकार पतनको चिन्ता

109 Shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिंनलाई कम्युनिष्ट सरकारको पतह हुने चिन्ता सताइरहेको छ ।
विगत केही समयदेखि चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का सबोच्च नेता एवं चिनियाँ राष्ट्रपति सी जिनपिंगले यस वर्ष जुलाईदेखि सार्वजनिक रूपमा चिनियाँ कम्युनिष्ट पार्टी, रेजिमेन्ट, टोली र अन्य सम्बद्ध संगठनहरू सँगको सम्बन्ध त्याग्दै विश्वभर ४१ करोड ५० लाखभन्दा बढी व्यक्तिहरूको बीचमा पार्टीको अन्त्यको बारेमा लगातार चेतावनी दिइरहे पछि उनलाई कम्युनिष्ट सरकारको पतन हुने चिन्ता सताइरहेको हो ।
यसले पार्टीका अधिकारीहरूलाई अचम्ममा पारेको छ, हालै एससीओ शिखर सम्मेलनमा सी जिनपिंगले कुनै पनि कारण वा कुनै पनि देशले ‘रङ क्रान्ति’ र ‘आन्तरिक मामिलामा हस्तक्षेप’ को उक्साहटको विरोध गरेको बताइएको छ ।
उनले एससीओ सदस्य राष्ट्रहरूलाई नयाँ शीतयुद्धको परिदृश्य सिर्जना गर्ने र टकराव शिविरहरू स्थापना गर्ने ‘बाह्य शक्तिहरू’ देखि सावधान रहनुपर्ने दाबी गरिएको छ । राष्ट्रपति सी जिनपिंगले बारम्बार सीसीपीको पतनबारे चेतावनी दिँदै आएका छन्, जसलाई सम्बोधन गरिएन भने जुनसुकै संकट पनि आइपुग्ने सम्भावना देखिएको उनले बताउने गरेका छन् ।
गत वर्ष उनले युवा कार्यकर्ता प्रशिक्षण कक्षामा भाषण दिँदै सोभियत कम्युनिष्ट पार्र्टी जस्तै सीसीपीको पतनको बारेमा आफ्नो चिन्तालाई सम्बोधन गरेका थिए । सी जिनपिंगले चिनियाँ विशेषताहरूको ब्यानरमा माक्र्सवाद र साम्यवादको विश्वासलाई समर्थन गर्ने महत्वमा जोड दिएका थिए, जसले अन्यथा गम्भीरतापूर्वक लिइएन भने सोभियत संघको मामलामा साक्षी जस्तै विघटन हुने पनि बताएका थिए ।
सीसीपीलाई सोभियत संघले पार्टी छोड्ने ठूलो लहरको कारणले गर्दा सोभियत संघले जस्तै नियति भोग्न सक्छ भन्ने डर सताएको छ । यो चिन्ता अस्वभाविक होइन, किन भने चीनको बिग्रँदै गएको आन्तरिक र बाह्य कठिनाइहरु, अमेरिकाको नेतृत्वमा रहेको अन्तरराष्ट्रिय समुदायसँगको बढ्दो प्रतिद्वन्द्वी र आर्थिक र सामाजिक मोर्चामा सामना गरिरहेका चुनौतीहरूसँग जोडेर हेरिरहेको छ ।
जसको फलस्वरूप, चिनियाँ जनतामा सीसीपीको प्रभावको क्षयको स्पष्ट सङ्केतका रूपमा सीसीपीका अधिकारीहरूले अवलम्बन गरेका नीतिगत विषयहरू दिनानुदिन अलोकप्रिय बन्दै गएका छन्, जसका कारण स्वदेश तथा विदेशमा व्यापक जनआलोचना भइरहेको छ । अर्को तर्फ लाखौंले पार्टी परित्याग गर्ने नयाँ प्रवृत्तिले पार्टी नेतृत्वलाई थप डर सताएको छ ।
शक्तिको गतिशीलता खतरामा परेकोले, चिनियाँ कुलीन वर्ग, जनताको स्वतन्त्रता र स्वतन्त्रता माथि व्यापक क्र्याकडाउन, इन्टरनेट आलोचनालाई सेन्सर गर्ने, र सीको हातमा शक्तिको थप केन्द्रीकरणको साथ सीसीपी थप अधिनायकवादी भएको छ ।
तर असन्तुष्टि अझै पनि कुनै न कुनै रूपमा प्रकट हुन्छ जस्तै विश्वभर लाखौं व्यक्तिहरूले पार्टी छाड्नु भनेको जनताको आवाज र स्वतन्त्रतालाई दबाउन पार्टीको रणनीतिलाई अस्वीकार गर्ने संकेतको रूपमा लिइएको छ ।
यो दुर्दशाले पार्टी नेतृत्वलाई चकित पारेको छ र सीले जनतालाई वैचारिक कारणका लागि पार्टीसँग अडिग रहन आग्रह गर्दै सामूहिक बहिर्गमनका कारण अपरिहार्य पतनको बाटोमा जाने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।