बिजुलीको खम्बामा बाँधेर कुटपिट गर्ने साजिद अन्सारी प्रहरी नियन्त्रणमा

68 Shares

रौतहट, १७ साउन । रौतहट सदरमुकाम गौरको पोखरिया टोल स्थित २० बर्षिय युवक प्रिन्स अन्सारीलाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरेको घटना विभिन्न समाजिक संजालमा भाइरल भएपछि प्रहरीले उक्त घटनामा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका वडा नम्वर ३ पोखरिया टोल स्थित मस्जिदको छेउमा बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको भिडियो विभिन्न मिडिया तथा समाजिक संजालमा भाइरल हुँदा प्रहरी स्वस्फूर्त रुपमा उक्त घटनालाई संज्ञानमा लिई हातिम अन्सारीको ३८ बर्षिय छोरा साजिद अन्सारीलाई पक्राउ गरी म्याद थप गराई अनुसन्धान भईरहेको जनाएको हो ।
प्रहरीले जारी गरेको विज्ञप्तीमा पिडित व्यक्तिको नाम सार्वजनिक गरेको छैनन । सम्बध निकायबाट म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको जनाएको छ तर कुन कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको हो भने प्राष्ट पारिएको छैनन् जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी उमाशंकर प्रसाद यादवद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएका छन् ।
गत शुक्रवार पोखरिया टोली निवासी गौर नगरपालिकाको पूर्व उपप्रमुख शेख इश्राइलको २० बर्षिय छोरा प्रिन्स अन्सारीको स्थानीय केही व्यक्ति संग झै झगडा भएका थिए । सोही झगडाको रिसिइवीका कारण आइतवार अन्सारीको घरमा कोही नभएको मौका छोपी घर बाहिर रहेका अन्सारीलाई विजुलीको पोलमा बाँधेर प्लाष्टिकको पाइप, मुक्का, लात्तीले कुटपिट गरिएको श्रव्य दृष्य कुनै व्यक्तिले खिचेर समाजिक संजालमा राखेपछि भाइरल बनेका थिए ।
भाइरल बनेको भिडियोमा त्यस वडाका वडाध्यक्ष अन्सारुल भन्ने अब्दुल ताहिरको उपस्थितिमा भएको आरोप लगाइयो । यस बारे वडाध्यक्ष ताहिरले आफनो कुनै संलग्नता नरहेको तथा आफू बजारबाट तरकारी किनमेल गरेर फर्किदै गर्दा छुटाउनमा मद्दत गर्दा उल्टै मेरो नाम बदनाम एवं चरित्र हत्या गर्न खोजिएकोमा आपत्ती जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।