काठमाडौं, १८ साउन । भारतीय निजी बायुसेवा कम्पनी आकासा एयरले नेपाल सहित श्रीलंका र बंगलादेशमा उडान गर्ने भएको छ ।
आकासाले मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका अन्य देशमा उडान गर्न नयाँ जहाज थपेको हो । आकासाले अन्तरराष्ट्रिय उडानका लागि आफूलाई योग्य बनाउँदै गत मंगलबार २० औं जहाज थपेको जानकारी दिएका छन् ।
आकासा एयर कम्पनीले गत महिना मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका श्रीलंका, नेपाल र बंगलादेशका रुटमा नेटवर्क विस्तार गर्ने जानकारी दिएका थिए ।
अन्तरराष्ट्रिय उडान सञ्चालनका लागि योग्य बन्न एयरलाइन्सको कम्तीमा २० वटा जहाज हुनुपर्छ । बोइङको ’७३७ म्याक्स–८–२०’ सिरिजका जहाज थप्ने आकासा एयर पनि एसियाकै पहिलो एयरलाइन बनेको छ । अमेरिकाबाट उडेको उसको जहाज मंगलबार बेंगलुरु आइपुगेको कम्पनीले जानकारी दिएका छन् ।
‘आकासा एयरले भनेको छ, हाम्रो जहाज संख्यामा आज कोसेढुंगा साबित भएको छ । जसले अन्तर्राष्ट्रिय उडानको अध्याय थपिएको घोषणा गरे । यसले हामीलाई हाम्रो भविष्यबारे धेरै आशावादी बनाएको छ । हामी हाम्रो अद्वितीय र विशिष्ट सेवा संसारमा प्रदर्शन गर्न उत्साहित छौं,’ आकासा एयरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सिइओ विनय दुबेले भने ।
गत वर्ष अगस्टमा सुरु भएको आकासा एयरको बजार हिस्सा ४÷९ प्रतिशत थियो । गत महिना बढेर ६ लाख १८ हजार यात्रुले आकासा जहाजबाट उडान गरेका थिए । गो फस्र्ट एयर समस्याग्रस्त हुँदा आकासाको बजार हिस्सा बढेर गएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट