सय किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक लिनको कनेक्सन बेल्जियम नागरिक दाबा संग रहेको पुष्टि

161 Shares

काठमाडौं, १८ साउन । साउनको पहिलो साता हंकगंगबाट आएको एक क्यून्टल सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक जिक्वाङ्ग लिन र तिब्बती मूलको बेल्जियन नागरिक दाबा छिरिङ्गको साँठगाँठ र साझेदारी रहेको पुष्टि भएको छ ।
राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा उनीहरुबीच लामो समयदेखि एक स्थानमा उठबस रहेको देखिएको हो । सोही प्रमाणको आधारमा राजस्वले दावालाई पक्राउ गरेको छ । लिन संलग्न रहेको कार्यालय र काठमाडौँका केही स्थानका सीसीटीभी फुटेज हेरेको राजस्वको टोलीले उनीसँग दावाको कनेक्सनको प्रमाण फेला पारेका छन् ।
ठमेलमा रहेको होटल भियनाको सीसीटीभी फुटेजबाट यी दुई जनाबीच पछिल्लो पटक साउन ४ गते भेटघाट भएको देखियो । साउन २ गते सिनामंगलबाट करिब सय किलो सुन बरामद गरेपछि भाग्दै गर्दा लिन साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए ।
लिन र दावाबीच पटकपटक भेट भएको सीसीटीभी फुटेजबाट देखिएको छ । यस्तै, उनीहरुबीच एसएमएस र टेलिफोनमा समेत संवाद भएको पाइएको छ । दावाले नै लिनलाई नेपाल झिकाएको हुनसक्ने एक अनुसन्धान अधिकृतले दाबी गरे । साउन २ गते सिनामंगलमा झण्डै सय किलो सुन बरामद् भएपछि पनि लिनसँग दावाको सम्पर्क भइरहेको थियो । तर, यसमा उनको संलग्न भएको पत्ता लगाउन राजस्वलाई शनिबार सम्म कुर्नुपरेको थियो ।
ठमेलको भियाना होटेलबाट शनिबार दावा पक्राउ परेका थिए । ‘दावा र लिनबीच विगतदेखि नै सम्पर्क भइरहेको देखिन्छ । सय किलो सुन बरामद गरेपछि लिनले दावासँग होटल भियनामै भेटेका रहेछन्,’ स्रोतले भन्यो, ‘सय किलो सुन उनीहरुकै हो होइन, अनुसन्धान भइरहेको छ ।’
राजस्वले अहिले सम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको बयान लिने लगायतका अनुसन्धान भइरहेको छ । राजस्वको टोलीले अन्य दुईजना चिनियाँ नागरिकको खोजी गरिरहेको छ । ती दुई जनाकै एनएमबी बैंकमा रहेको खाता रोक्का गरे पनि नाम सार्वजनिक गरेको छैन ।
‘दुवैको दावा–लिनसँग कनेक्सन छ छैन ? अनुसन्धान जारी छ,’ ती अधिकृतले थपे, ‘संलग्न मान्छेको नजिक पुग्यौं । कल डिटेल र एसएमएसबाट प्राप्त प्रमाण र सीसीटीभी फुटेजबाट पनि उनीहरुबीच निरन्तर सम्पर्क भइरहेको खुल्छ ।’
पक्राउ परेका सबैको प्रमाण
राजस्वले यस पटक अनुसन्धानबाट पर्याप्त प्रमाण जुटेपछि मात्र व्यक्तिलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । राजस्व विभागले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।

‘सुन तस्करसँग संलग्नता देखिएको व्यक्तिलाई नियन्त्रणमा लिएर बयान लिइरहेका छौँ,’ राजस्वका अर्का अधिकृतले भने, ‘नियन्त्रणमा लिएपछि त्यो सबैतिर फैलन्छ, निर्दाेष व्यक्ति परे भने उनीहरुलाई सार्वजनिक रुपमा पर्ने प्रभाव र असरप्रति हामी गम्भीर छौँ ।’
अनुसन्धानका लागि राजस्वले ९० दिनको समय पाए
सुनको वास्तविक मालिक खोज्न राजस्वले प्रहरीको समेत सहयोग लिइरहेको छ । सुन बरामदसँगै नियन्त्रणमा लिएका केही व्यक्तिको माध्यमबाट मुख्य मालिक सम्म पुग्न राजस्वले केही ठाउँमा राति पनि छापा मारेको छ । ‘केही ठाउँमा दिउँसै अप्रेसन गरेर सामान बरामद गर्न सफल भयौँ,’ अर्का अधिकृत भन्छन्, ‘दिनभरि सूचना संकलन र विश्लेषण गरेर राति अप्रेसन (छापा) मार्दा केही हदसम्म सफल हुन थालेका छौँ ।’
साउन १० गते राजस्वको टोलीले सोह्रखुट्टेस्थित गोदाममा छापा मारेको थियो । ब्रेक सु रहेका ६६ काटन फेला पर्दा अधिकांश खोलिएको अवस्थामा थिए । खोलिएका सबैमा सुन नै रहेको र त्यसलाई तस्करले फुत्काएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए । राजस्वले शनिबार (१३ साउन) को राति टोखास्थित कृषि फार्ममा छापा मारेको थियो । त्यहाँ सुन प्रशोधन गर्ने कारखाना फेला परेको छ । विभागका अनुसार विमानस्थलबाट फुत्काएको सुन बालुवाटारको गोदाम, सोह्रखुट्टे गोदाम हुँदै टोखाको कृषि फार्ममा पुर्याएर सुन प्रशोधन गर्दै नेपाली र भारतीय बजारमा लग्ने गरेको पाइएको छ ।
कहाँ सम्म पुग्यो अनुसन्धान
राजस्व विभागले सय किलो सुनका मालिक खोज्न थालेको १६ दिन भइसकेको छ । विभागसँग अनुसन्धानका लागि अझै ७४ दिनको समय छ ।
शनिबार पक्राउ परेका दावासँग सोमबार सोधपुछ सुरु भएको छ । ‘दावासँग राजस्वले सोमबारदेखि सोधपुछ सुरु भएको छ । एक दुई दिनमा अझै थप तथ्य खुल्दै जाला,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानाले भने ।
पहिलेदेखि नै उनको गतिविधि शंकास्पद देखिएको र सुन तस्करीका घटनाक्रममा पनि जोडिएको ढुंगानाले बताए । ‘सुन तस्करी प्रकरणमा उनी संलग्न देखिन्छ, कुनकुन कामका लागि उनी खटिए अनुसन्धान गर्दैछौँ,’ उनले भने । अर्का अनुसन्धान अधिकृतका अनुसार यसअघि पक्राउ परेका अभियुक्तहरुले भने उक्त होटलबाट समेत सुनको कारोबार हुने गरेको बयान दिएका छन् । सोही बयान र पक्राउ परेकासँगको कनेक्सनका आधारमा उनलाई पक्राउ गरिएको हो ।
‘उनले बाहिरै बसेर तस्करलाई सहयोग गरेका मात्र हुन कि टिममै बसेर व्यवस्थापन नै गर्छन्, बुझ्ने क्रम जारी छ,’ उनी भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।