रौतहट, १८ साउन । प्रख्यात धार्मिक स्थल बागेश्वरधामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) भदौं २ देखि ४ गते सम्म हनुमन्त कथावाचन गर्न नबलपुरको शाश्वतधाममा आउने कार्यक्रम तय गरिएको छ ।
भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) नेपालको नपलपरासी स्थित शाश्वत धाममा आउन लागिएको हो ।
बागेश्वरधाम सरकारले भदौं २–४ गते सम्म शाश्वत धाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारको नामबाट चर्चित रहेका उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।
चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वत धाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेका छन् । बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपाल स्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वत धाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरे ।
चौधरी ग्रुप एवं सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारको शाश्वत धाम कथा वाचन यात्रा तय भएको छ ।
उनले शाश्वत धाममा कथा वाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वत धाम प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन